• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘गुण्डा’ बनेर चर्चा बटुलेका ‘हिरो’हरू

by
१६ असार २०८१,
0
‘गुण्डा’ बनेर चर्चा बटुलेका ‘हिरो’हरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिल्ममा सबैभन्दा ठुलाे भूमिका अभिनेता र अभिनेत्रीकाे हुन्छ। फिल्मलाई कसरी प्रस्तुत गर्ने भनेर अभिनेताकाे अभिनयमा भर पर्छ। दर्शकहरूकाे ध्यान खिच्न सक्षम हुनुपर्छ अभिनेताहरू। तब मात्र फिल्मले चर्चा पाउँछ।

त्यसैपनि अधिकांश कलाकारहरू फिल्मकाे ‘हिरो’ बन्नका लागि मरिहत्ते गर्छन्। तर कुनै फिल्म यस्ता पनि छन् जहाँ हिराेहरूलेभन्दा धेरै ‘भिलेन’हरूले चर्चा पाएका छन्।

‘सिंघम अगेन’

रोहित शेट्टीको ‘सिंघम अगेन’ फिल्ममा अजय देवगन बाहेक दीपिका पादुकोण, रणवीर सिंह, करीना कपूर लगायत धेरै स्टारहरूको नाम सार्वजनिक भएको छ। तर, सबैजना खलनायकको पर्खाइमा थिए।

केही दिनअघि त्यो पनि खुलासा भएको छ। फिल्ममा भिलेन भनेका छन् अर्जुन कपूर। अनुहारमा रगत र खलनायक हाँसो।

अन्य फिल्महरूमा आफूलाई हिरो बनाएका अर्जुन सिंघम अगेनमा ‘गुण्डा’ बन्नका लागि ५ देखि ७ करोड रुपैयाँ लिएको बताइएको छ।

‘रामायण’

फिल्म केजीएफकाे सफलतापछि यशलाई धेरै फिल्महरूबाट अफर आइरहेको छ। तर उनी सबै फिल्महरूमा काम गर्ने फूर्सदमा छैनन्। यश अब ‘टक्सिक’ मा देखिदैँ छिन्, जसको काम अहिलेपनि भइरहेकाे छ।

केजीएफ फिल्ममा देखिएकाे उनकाे तस्बिरले चर्चा पाएका यश अहिले एक तस्बिरहकाे कारण भाइरल भइरहेका छन्। जसकाे कारण हाे, नितिश तिवारीको फिल्म ‘रामायण’।

फिल्ममा उनले रावणको भूमिका निर्वाह गर्ने बताइएको छ। यसबारे अभिनेता आफैंले कुनै जानकारी दिएका छैनन्। तर अहिलेसम्म होइन पनि भनेका छैनन्। यदी उनले लंकेशकाे अभिनय गरे भने त्याे उनकाे फ्यान्सका लागि नयाँ अनुभव हुनसक्छ।

‘बडे मियाँ छोटे मियाँ’

साउथ स्टार पृथ्वीराज सुकुमारन। जसले ‘सलार’ मा प्रभाससँग धेरै अराजकता मच्चाएका थिए। अब उनी अक्षय कुमार र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिदैंछन्।

फिल्ममा उनी खलनायकको भूमिकामा देखिनेछन्। तर यो खलनायकको भूमिकामा पनि ठूलो ट्विस्ट छ। अर्थात् यो फिल्ममा खलनायकको भूमिकालाई अपग्रेड गरिएको छ।

वास्तवमा उनी रोबोट वैज्ञानिक बनेका छन्। जसको नाम हो- कबिर हाे। आफ्नो चलाख दिमाग प्रयोग गरेर पृथ्वीराजले नायकसँग प्रतिस्पर्धा गर्न रोबोट बनाएका छन्। जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोग लिइएको छ।

वास्तवमा अली अब्बासले उनको लागि विशेष लुक रोजेका छन्।

क्र्याक

अभिनेता अर्जुन रामपालले धेरै फिल्ममा भिलेनकाे अभिनय गरिसकेका छन्। जस्तै– ‘ओम शान्ति ओम’, ‘धाकड’, ‘डैडी’, ‘एक अजनबी’ लगायत धेरै फिल्म छन्। जसमा उनले नायकको जीवन कष्टकर बनाएका छन्।

तर फेरि पनि उनी त्यही स्टाइलमा देखिने भएका छन्। भलै, शैली पुरानो छ तर खतरनाक हुनेछ। उनी ‘क्र्याक’ मा विद्युत जामवालसँग प्रतिस्पर्धा गर्न तयार छन्।

अर्जुनले यो हाई भोल्टेज एक्शन थ्रिलरका लागि धेरै तयारी गरेका छन्। विशेषगरी उनको लुकले सबैको ध्यान तानेको छ। लामो कपाल, अचम्मको शरीर र अनुहारमा  क्रोध। लुक्स देख्दै डरलाग्दाे।

‘शैतान’

फिल्म ‘शैतान’ चैत ८ गते हलमा रिलिज हुँदैछ। जबदेखि फिल्मको चर्चा सुरु भएको छ। तबदेखि आर माधवनकाे चर्चा पनि चुलिदैं गएकाे छ।

निलो आँखा, अनुहारमा दाग, खतरनाक मुस्कान र आँखामुनि कालो दाग। त्याे लुक्स देखेर दर्शक नै उत्साहित छन् फिल्म हेर्नका लागि।

अजय देवगनको फिल्ममा जुन शैतानको कुरा भइरहेको छ, त्यसको भूमिका आर माधवनले निभाएका छन्। यो सुपरनेचुरल थ्रिलर फिल्म रहेको बताइएको छ। यो लुक सार्वजनिक भएपछि फ्यानहरु निकै उत्सुक देखिन्छन्।

‘युद्ध–२’

जुनियर एन्टिआरकाे फिल्म ‘देवरा’ यसै वर्ष रिलिज हुँदैछ। लामाे समयदेखि चर्चामा रहेकाे उक्त फिल्ममा अभिनेता एन्टिआर भिलेनकाे रूपमा देखिने भएका छन्।

फिल्ममा जुनियर एनटीआरको निकै रोमाञ्चक भूमिका हुनेछ। उनको लागि एक शानदार प्रवेश दृश्य योजना गरिएको छ। हालै एक रिपोर्टबाट उनले यो फिल्मको लागि पारिश्रमिक पनि नलिने खुलासा भएको छ।

Previous Post

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

Next Post

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In