• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जब सभामुखसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

by
९ असार २०८१,
0
जब सभामुखसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 ‘सम्माननीय सभामुखज्यू, संसद्‍मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुँदैन?, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?’, आज यस्तै प्रश्नबाट घेरिए प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।

भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘गोल्डेन सुनगाभा संसद् अधिवेशन’मा सहभागी यहाँका विद्यार्थीहरूले एकै स्वरमा उनलाई फेरि प्रश्न गरे, ‘कानुन बनाउने थलोमा अमर्यादित क्रियाकलाप किन हुन्छन्, अत्यावश्यक कानुन पनि समयमै किन बन्दैनन् ?’

जवाफमा सभामुख घिमिरेले भने, ‘संसद्मा अमर्यादित गतिविधि र तोडफोड नगन्य रूपमा मात्रै हुन्छन् ।’

यति जवाफले विद्यार्थीको चित्त नबुझको भेउ पाएपछि थप प्रष्ट पार्दै उनले प्रतिनिधिसभा नियमावलीले संसदीय मर्यादा कायम गराउन आवश्यक प्रबन्ध गरेकाले त्यसमा सांसदहरु प्रतिबद्ध हुनुपर्ने बताए । ‘संसद् भवनभित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटकपटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्काशन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था नियमावलीमा छ । यसको पालना गर्न आवश्यक छ’, सभामुख घिमिरेले भने ।

यसैगरी शिक्षा विधेयकबारे विद्यार्थीले सोधको जिज्ञासामा उनले विधेयक चाँडै पारित गराउन आफूले समन्वय गरिरहेको बताए। सभामुख घिमिरेले भने, ‘शिक्षा विधेयक संसद्मा टेबुल भएर त्यसमाथि छलफल पनि भएको छ, यसलाई थप छलफलका लागि संसद्को शिक्षा समितिमा समेत पठाइएको छ । विधेयक पारित गराउन मैले समन्वय त गरिरहेको छु तर यो बर्खे अधिवेशनमा पास हुने सम्भावना छैन, हिउँदे अधिवेशनमा पक्कै पारित हुने अपेक्षा गरेका छौँ ।’

यो प्रसङ्गलगत्तै फेरि विद्यार्थीले सोधे, ‘कक्षा १२ को अध्ययन सकिनेबित्तिकै विदेशिने क्रम रोक्न के व्यवस्था गर्न सकिन्छ होला ?’ जवाफमा सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौतीका रूपमा रहे पनि राज्यले यही केही गर्न सक्ने वातावरण सृजना र सर्बसुलभ तथा गुणस्तरीय शिक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए । ‘राज्यले यही देशमा केही गर्ने व्यवस्था गर्नुपर्छ र विद्यार्थीले पनि देशको अर्थतन्त्र बलियो बनाउन आफ्नै देशमा केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक छ । मेरो देश मेरो जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाइ सकेर आफ्नै देशमा केही गर्छु भनेर फर्कनुपर्छ’, उहाँले भने।

सभामुख घिमिरेले विसं २०७५ सालमा बालअधिकारसम्बन्धी कानुन पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइसकेको पनि जानकारी गराए ।

विद्यार्थीले सामाजिक शिक्षाअन्तर्गत आज सञ्चालन संसद्को अभ्यास गरेका थिए । सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा रहेका विद्यार्थीले सभामुख घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । सभामा कक्षा १० की छात्रा सुस्मिता शाहीले सभामुख, कक्षा ६ की संस्कृति थापाले प्रधानमन्त्री र कक्षा ७ का रिसभचन्द्र गौतमले शिक्षामन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनीहरुले सत्तापक्ष र प्रतिपक्षको रोहमा रहेका ३० जना सांसदले गरेका प्रश्नको जवाफ दिएका थिए । संसद्मा मर्यादापालकको रुपमा तालिमप्राप्त नेपाल स्काउटका विद्यार्थीले भूमिका निर्वाह गरेका  विद्यालयका प्रधानाध्यापक महेशचन्द्र गौतमले जानकारी दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसद्को अभ्यास गरेको बताए । यसबाट विद्यार्थीको नेतृत्व विकासमा योगदान पुग्नुका साथै जिज्ञासा मेटाउन सहयोग पुगेको उनले बताए ।

Previous Post

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

Next Post

राजदूत ओलीद्वारा थाई नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

सम्बन्धित खबर

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
Load More
Next Post
राजदूत ओलीद्वारा थाई नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राजदूत ओलीद्वारा थाई नरेशसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In