• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भित्तामा भेटिए हराएका मूर्तिहरू

by
९ असार २०८१,
0
भित्तामा भेटिए हराएका मूर्तिहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सन् १९८०–८५ मा नेपालका धेरै पुराना मूर्तिहरू चोरी भए । ती चोरिएका मूर्ति विदेश पुगे । अहिले समय फेरिएको छ । नेपालबाट चोरिएर विदेश पुगेका मूर्ति फर्काउने काम भएको छ ।

जसमध्ये शिवलिंग, राम मन्दिर पशुपति सन् १९८५, पाँचौँ सेन्चुरीकोको विष्णु भुवनेश्वर मन्दिर देवपाटन, १७औँ सेन्चुरीको विष्णु चाँगुनारायण, ११ सेन्चुरीको बुद्ध पट्खा टोल, पाँचौँ शताब्दीको चारमुखे शिवलिंग, सूर्य देवताको मूर्ति सिगल टोल पाटन, १७औँ शताब्दीको फर्पिङबाट चोरिएको विष्णुको मूर्ति आदिको फोटो नेपाल कला परिषद्ले गत साता आयोजना गरेको चित्रकला प्रदर्शनीमा राखिएका थिए । उक्त मूर्तिहरू नेपालबाट चोरिएर विदेश पुर्याइएका थिए । तीमध्ये केही मूर्ति नेपाल फर्किएका छन् । जसको फोटो प्रदर्शनीको मुख्य आकर्षक बनेको थियो ।

‘नेपालका देवीदेवताहरू’ नामक प्रदर्शनीको दोस्रो संस्करण गत साता सम्पन्न भयो । नेपाल कला परिषद् र नेपाल हस्तकला महासंघद्वारा आयोजित उक्त प्रदर्शनी १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । प्रदर्शनीमा ४० विद्यालयका करिब २५ सय विद्यार्थीले अवलोकन गरेका थिए ।

भारतमा कला, संस्कृतिलाई प्रचार प्रसार गर्न सरकारले धेरै नै लगानी गरेको भए पनि नेपालमा सरकारको नगन्य सहयोग छ । देशको पहिचान भनेकै कला, संस्कृति हो । देशको कला, संस्कृति प्रवर्द्धन गर्न सरकारले लगानी गर्नुपर्ने कुरा उक्त प्रदर्शनीमा सहभागीहरूले बताएका छन् ।

यस्तो प्रदर्शनी एक–दुई हप्ता प्रदर्शन गरेर मात्र पुग्दैन । त्यसका लागि सरकारले वर्षैभरि खुल्ने ठूलो कला, सांस्कृतिक हल निर्माण गरेर नेपाल घुम्न आउने पर्यटकहरूलाई आकर्षित गर्न सक्नुपर्छ ।

नेपालका देवीदेवताहरू नामक वृहद कलामा देवीदेवताहरूको आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरूलाई एउटै धरातलमा अन्तर्निहित गरी प्रस्तुत गरिएको थियो । यस प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताहरूको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानहरूको सौन्दर्यताकलाई सजाउने पवित्र उद्देश्यका साथ विभिन्न तरिकाबाट प्रस्तुत गर्दै आएका छन् ।

यस प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्दै, विभिन्न कलाकारहरूको अभिव्यक्ति, प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्रेरित गर्नेछ । यो प्रदर्शनी वैचारिक रूपरेखा र छनोट प्रक्रियाको दृष्टिकोणमा अद्वितीय छ, जसले देशका विभिन्न समुदायका कलाकार र मूर्तिकारहरूबाट विभिन्न विधाका कलाकृतिहरू प्रदर्शन गर्दछ ।
प्रदर्शनीले कलात्मक सम्पदाको संरक्षण गर्न खोज्दै हाम्रो बलियो सांस्कृतिक सम्पदाको बारेमा आगन्तुकहरूलाई जानकारी गराउने उद्देश्य राखेको छ ।

कलाकृतिहरूको प्रदर्शनले हिन्दु र बौद्ध धर्मको उत्पत्ति र आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म र दर्शनहरू जगाउने छ र त्यसपछि हामीले विगतका शताब्दीहरूमा सिद्धहरू, ऋषिहरू र विद्धानहरूबाट विरासतमा पाएका विभिन्न देवीदेवताका अवतारहरू र छविहरूको असंख्य रूपहरू, प्रतीकात्मक र प्रतिमाहरूको महत्वलाई दर्साउने छ । यस प्रदर्शनीको उद्देश्यका लागि कलाकृतिहरूमा प्रतिनिधित्व गरिएका देवताहरूको संग्रहित खण्डहरूमा प्रस्तुत गरिएको थियो । यस संस्करणमा देवीदेवताहरूका बासस्थलहरु झल्काउने कलाकृतिहरू पनि प्रदर्शन गरिएको छ ।

हिन्दु र बौद्धधर्मका आधारभूत सिद्धान्तहरू, ग्रह देवताहरू, लोकेश्वर, सम्भार र योगिनी, तारा सिद्ध पुरुष, महाकाल, भैरव, अन्य बौद्ध देवताहरू र देवीदेवताका बासस्थलहरुको कलाकृतिहरू प्रस्तुत गरिएको थियो ।

साथै, नेपालबाट हराएर फर्काइएका मूर्तिहरू फोटो प्रदर्शनीमा राखिएको थियो । शैव, वैष्णव र विष्णु अवतार, शैव, शक्ति, आदिबुद्ध र पञ्चबुद्ध, तारा, लोकेश्वर, शाक्यमुनि बुद्धको जीवनी फोटोमा प्रस्तुत गरिएको थियो । मिथिला कलाका आकर्षक कलाकृतिहरू पनि प्रदर्शनीमा समावेश गरिएको थियो ।

प्रदर्शनीको आकर्षण
युरोपियन कलाकार नेल्सन फिरेराको मोबाइल फोनको फ्ल्यास लाइटबाट मात्र हेर्न सकिने ‘प्रिन्टिङ विदाउट प्रिन्ट’ नामक कलाकृतिहरू प्रदर्शनी गरिएको थियो । परम्परागत कलाअन्तर्गत कमलको फूलको धार्मिक महत्वका बारेमा डिजिटल माध्यमबाट एनिमेसन गरी आकर्षक रुपमा प्रस्तुत गरिएको थियो । नेपालको धातुकलाको निर्माण शैलीको शुभारम्भदेखि अन्तसम्मका चरणबद्ध रुपमा भिडियोसहित प्रस्तुत गरिएको थियो ।

प्रदर्शनीमा आउने सबै कलाकारहरू, आगन्तुकहरू, विद्यालयका छात्रछात्रा र विश्वविद्यालयका विद्यार्थीहरूका लागि विशेष रुपमा शैक्षिक कार्यक्रमको आयोजना राखिएको थियो । प्रदर्शनीमा हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित आधुनिक कला, परम्परागत कला, लोककला र समसामयिक कलाअन्तर्गत १६३ जना कलाकारहरूले तयार गरेका २३५ थान उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गरिएको थियो । प्रत्येक कला र कलाकारहरूको बारे क्युआर कोडको माध्यमले विविरणहरु राखिएको थियो ।

Previous Post

प्रहरी हुँ भन्दै भक्तपुरमा व्यवसायीको घरमा लुटपाट

Next Post

संसद बैठक बस्दै, यी हुन् आजको सम्भावित कार्यसूची

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
प्रतिनिधिसभाको बैठक बस्दै

संसद बैठक बस्दै, यी हुन् आजको सम्भावित कार्यसूची

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In