गोलबजार।सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ ।
सप्तरी जिल्ला विपद् व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीबाट कटान भएपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाली सेना बरख गण राजविराजबाट १५ जना नेपाली सेनाका जवान र नेपाल प्रहरी चौकी बेल्ही, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्हीका प्रहरीसहितको टोलीले तटबन्ध निर्माण थालेको हो ।













