हाम्रो जिब्रोलाई मोहनी लगाउने यस रसायनलाई MSG भनेर पनि चिनिन्छ । यसको रासायनिक घटन सोडियम लवण हो, जुन Glumic acid बाट प्राप्त हुने गर्दछ । खानेकुरामा स्वाद बढाई अझ खाइरहूँजस्तो लत लगाउने भएको हुनाले अचेल सामान्य घरपरिवारदेखि ठूलाठूला तारे होटलसम्म पनि यसको व्यापक प्रयोग हुने गरेको छ ।
सुगन्ध, खानाको समग्र स्वाद र रुचिसमेत बढाउने गुण समावेश गरी बनाइएको यो अजिनो मोटोका घातक परिणामहरु असङ्ख्य छन्— यसको सेवनले जन्माउने मुख्य समस्याहरुमा छाती दुख्ने, मुटुको धड्कन बढ्ने, टाउको दुख्ने, जिब्रोको संवेदनशीलता कम हुने, अनुहारमा शुष्कता तथा दाग निस्कने, अरुचि बढ्ने, अत्यधिक पसिना बग्ने आदि पर्छन भने यसको दैनिक प्रयोगले थाहा नपाइने गरी विस्तारै शरीरमा विविध असरहरु बढाउँदै जाने गर्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













