• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

by
३ असार २०८१,
0
उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ  ट्रेल)  क्षेत्रको  पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार  सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रु २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रु २५ लाखको विनियोजन गरिएको छ ।

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले  जानकारी दिए। पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवागमनलाई थप सहज बनाउने उनले बताए ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले  निकै महत्त्व साथ हेरेका छन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्त्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइते तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउछन्  । तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउछन् ।

यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको रु २५ लाखको लगानीमा धमाधम भइरहेको छ । यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवागमनमा असर पर्ने भएकाले  सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

विश्वको छैटौँ अग्लो आठ हजार एक सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्त्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ । डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताए ।

जोक्पे तथा घोडा खच्चड हिँड्ने बाटोसमेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाको गुनासो छ । प्रदेश सरकारसँगको समन्वयमा निर्माण सुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्यासमेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।

सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभई देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याँय गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीको बताउछन् । वार्षिक हजारौँ विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वाधार विकास आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ  ।

फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । यी पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यमा पुग्न सहज हुने  स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ । “पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र  सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ”, होटल व्यवसायी शेर्पाले भने ।

सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ । काठमाडौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमानस्थलमा ओर्लिएका पर्यटक पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्ने गर्दछन् । लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको  दूरी झण्डै ६५ किलोमिटर रहेको छ । हेलिकप्टरबाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकलाई पैदलयात्रामार्फत  लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सातदेखि आठ दिन लाग्ने गर्दछ  ।

सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । उच्च हिमाली क्षेत्र  भएकाले सो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोचहरू छिचल्दै पर्यटक सगरमाथाको आधार शिविर पुग्ने गर्छन् ।

पदमार्ग क्षेत्रमा  विगतमा निर्माण गरिएका ढुङ्गाका स्टेप भत्किएका कारण सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकले विगतमा सास्ती खेप्तै आएका थिए तर अब पदमार्गको पूर्वाधार निर्माणले सहज हुने पर्यटन गाइड साङ्गे शेर्पाको विश्वास छ । कयौँ पटक पर्यटक तथा जोक्पेसमेत लड्ने गरेको लार्चादोभान क्षेत्रमा अहिले स्तरीय पदमार्ग निर्माण भएपछि अत्यन्त सहज भएको खुम्बुका ल्हाक्पा शेर्पाको भनाइ छ । सडक यातायात नपुगेकाले खुम्बु क्षेत्रमा पदमार्ग निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्ने भए पनि विगतमा त्यसो नगर्दा  यस क्षेत्रको पर्यटन विकासले गति लिन नसकेको अर्का स्थानीय रिन्छेन पल्मु शेर्पा बताउँछन् ।

पदमार्ग क्षेत्रमा पर्यटकलाई बिसाउने चौतारा तथा आराम गर्ने स्थलसमेत आवश्यक रहेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने पर्यटक गाइड डिकबहादुर दर्नालको सुझाव छ । उनले भने, “यस क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक घुम्न आउने भएकाले यहाँको पूर्वाधार विकासमा कमजोरी हुँदा गलत सन्देश जान्छ, त्यसैले पूर्वाधार विकासमा हामी गम्भीर हुनुपर्छ, अहिले सुरु भएको पदमार्ग निर्माणले सकारात्मक सन्देश दिएको छ ।”

स्थानीय संस्कृतिको प्रवर्द्धनमा ध्यान दिनुपर्ने 

पूर्वाधारको निर्माणसँगै पदमार्गका विभिन्न स्थानमा सांस्कृतिक सम्पदा, विभिन्न जातजातिका संस्कार संस्कृति झल्किने पूर्वाधार पनि निर्माण गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यस्ता कार्यले स्थानीय संस्कृतिको प्रवर्द्धन हुनुको साथै पर्यटकलाई थप आकर्षित गर्ने अवलोकनकर्ता प्रजिता कार्कीको भनाइ छ । केही ठाउँमा शेर्पा समुदायको गुम्बा तथा माने भए पनि राई, तामाङसहित अन्य समुदायको जाति तथा धार्मिक संस्कार संस्कृति झल्कने सामग्री पदमार्ग क्षेत्रमा राख्न सके पर्यटकलाई थप लोभ्याउन सकिने उहाँको विश्वास छ ।

आर्थिक वर्ष नै विकासको बाधक

सामान्यतया देशका अन्य स्थानमा आवको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आव नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउछन्। सरकारी बजेटको सामान्यतया भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने हुँदा यस क्षेत्रमा हिउँद सिजनमा निर्माणको काम सुरु गर्न नसकिने उनको भनाइ छ ।

भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकास निर्माणका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताए । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । खुम्बुमा वर्षको दुई सिजन चैतदेखि जेठ र असोजदेखि मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय  सिजनमा पदमार्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिँडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

संसारकै गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’

विश्वकै अग्लो सगरमाथादेखि अन्य उच्च हिम शिखरसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरिका पर्यटकको गन्तव्यस्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौँ अग्लो चोयु (८, १८८ मिटर)  खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्योलगायतका ताल, हिउँ चितुवा र हाब्रेलगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास(५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्त्व राख्दछ  ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासङ्घका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट  अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उनको भनाइ छ ।

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पर्यटन पूर्वाधार विकासमा चालु आवमा रु ८३ करोडभन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकासअन्तर्गतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख कुलप्रसाद यादवले जानकारी दिए ।  पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रूपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

सरकारले ताप्लेजुङमा रु तीन करोड २५ लाख, पाँचथरमा रु छ करोड  २५ लाख, इलाममा रु १० करोड २५ लाख, झापामा रु १२ करोड ६५ लाख, मोरङमा रु १७ करोड ९५ लाख र सुनसरीमा रु १४ करोड ७५ लाख रकमको कार्यक्रम सञ्चालन गरेको छ । यस्तै धनकुटामा रु २७ लाख, एक करोड ५० लाख, भोजपुरमा रु एक करोड ४५ लाख, सङ्खुवासभामा रु ९० लाख, खोटाङमा रु चार करोड २५ लाख, ओखलढुङ्गामा रु एक करोड ८५ लाख, उदयपुरमा दुई रु करोड र सोलुखुम्बुमा रु तीन करोड  बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शिखरमध्ये छवटा हिमशिखर यसै प्रदेशमा पर्दछ । त्यसैले यस प्रदेशमा पर्वतारोहण पर्यटनदेखि जलयात्रा, पदयात्रा, वन्यजन्तु अवलोकन, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटनलगायत पर्यटनका विविध गतिविधिको सम्भावना रहेको छ ।

Previous Post

गर्मीले हजका क्रममा १४ जोर्डनीको मृत्यु

Next Post

चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

सम्बन्धित खबर

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

१२ बैशाख २०८३,
भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
फिचर-ब्यानर

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

१२ बैशाख २०८३,
नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

१२ बैशाख २०८३,
होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता
अन्तर्राष्ट्रिय

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

१२ बैशाख २०८३,
डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन
फिचर-ब्यानर

डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

१२ बैशाख २०८३,
निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट
फिचर-ब्यानर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

१२ बैशाख २०८३,
Load More
Next Post
चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In