कोदो (मिलेट) पनि प्राचीनकालदेखि नै प्रयोग हुँदै आएकको खाद्यपदार्थ हो । कोदो विभिन्न जातका हुन्छन् । साधारणतया नेपालमा वर्षभर धानको भात खन नपुग्ने विपन्न वर्गले कोदोको रोटी र ढिँडो खाने चलन छ । कोदोबाट बनाइने रक्सी नेपालको पहाडी भागमा प्रसिद्ध छ ।
कोदोमा प्रोटिन, फाइबरका साथै प्रशस्त खनिज पदार्थ (म्याग्निज, म्याग्नेसियम) पाइन्छन् । पोलिफेनोल, टेनिजको धनी स्रोत भएकोले यसमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । कोदो खाने गरे मधुमेहका रोगीलाइ फाइदा हुन्छ । कोदोमा ग्लेकेशन (चिनी र प्रोटिनबाट हुने प्रतिक्रिया) कम गर्ने गुण हुन्छ । ग्लेकेशनको प्रभाव हाम्रो बुढ्यौली, मधुमेह मिर्गाैलाको स्वास्थ्यलगायतमा पर्छ ।
कोदोमा घाउ थकाउने क्षमता भएकोले उपचारका लागि समेत प्रयोग हुने सम्भावना छ । यति महत्वपूर्ण कोदो कम पानी पर्ने पाखामा पनि फल्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













