• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान

by
२ असार २०८१,
0
ताप्लेजुङमा बाढी-पहिरोबाट तीन दिनमै पाँच जनाको गयो ज्यान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताप्लेजुङ । ताप्लेजुङमा मनसुन शुरु भएसँगै बाढी पहिरोको वितण्डा शुरु भएको छ । जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोमा परी पाँच जनाले ज्यान गुमाई सकेका छन् ।

पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक युवकको मृत्यु भएको थियो । पाँचथरको फिदिम नगरपालिका–१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै बिहिबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु रविनका बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो ।

वडा–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौ बाख्राको मृत्यु भएको छ । खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिए । बिहीबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताए । उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए । बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो । बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो । यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ । पालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।

त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका–४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । उनका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पूर्ण क्षति, भान्सा घरमा पूर्ण क्षति साथै १४–१५ रोपनी मकै जग्गामा क्षति भएको छ ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अनुसार जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षति भएको छ । यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौंको भौतिक क्षति भएको थियो । ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

Previous Post

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको पहिलो जित

Next Post

नेपालको पहिलो विद्यार्थी आन्दोलन: जयतु संस्कृतम् दिवस

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
नेपालको पहिलो विद्यार्थी आन्दोलन: जयतु संस्कृतम् दिवस

नेपालको पहिलो विद्यार्थी आन्दोलन: जयतु संस्कृतम् दिवस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In