काठमाडौँ— हाल देशको पूर्वी भू—भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू—भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
आज कोशी, मधेस र बागमती प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू—भागका एक—दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।













