स्मृतिलाई श्वासका साथ नाभिमा लिएर जाऊ अनि त्यहाँ निर्विचार अवस्थामा डुब ।
शरीरको भोग बाधा छैन व्यक्ति, स्थान एवं वातावरणको चयन जो रुचिमा हुन्छ त्यहाँ बाधा छ । शून्य मनमा तत्काल प्रज्ञा प्रकाशित हुन्छ । सेकेण्डको बिसौँ भागलाई तत्क्षण भन्न सकिन्छ । त्यस क्षणमा हुनु नै तत्सत्मा हुनु हो ।
आफ्नो सोच्ने तरिका बदले पछि सबै दृश्य बदलिन्छ । प्रेम एवं प्रसन्नता हृदयमा रहन्छन् । व्यक्तिको आशा र प्रतीक्षा ग¥यौँ भने त्यसा मनले कहिल्यै पनि सन्तोष, शान्ति र सुख दिँदैन यो इष्टको सान्निध्यमा अनुभव गरेकै कुरो हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट