अनुहारको विशेष ख्याल गर्दागर्दै चाया, पोतो, डन्डीफोर, दाद, छाला डढ्ने जस्ता समस्याले धेरैलाई सताइरहन्छ । चर्को घाममा हिँड्दा पसिना आउँछ । उक्त पसिनामा धुलोका कणहरु टाँसिन्छन् । अनुहारमा चायाँ पोतो आउनुको यो एउटा कारण हो । मधुमेह, हृदयरोग, रगतको कमी, महिलाहरुमा हर्मका गडबडी, पाठेघरको समस्या आदि कारणहरुले पनि चायापोतो आउने गर्छ ।
उपचारका लागि धेरै ठाउँमा भौतारिँदा पनि चायापोतोको समस्याबाट छुट्कारा पाउन गाह्रो हुन्छ । चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि प्रभावकारी हुन्छ । यसका लागि भान्सामै उपलब्ध सामग्री प्रयोग गर्न सकिन्छ ।
घरेलु उपचार
– अनुहार सफा गरेर कागती दल्ने ।
– मनतातो पानीमा नरम कपडा भिजाउने र त्यसलाई निचोरेर अनुहार पुछ्ने वा मनतातो पानीको बाफ लिने गर्दा छालाको पोर्समा भएको फोहोर हट्छ ।
– मुसुरोको दालमा कागतीको रस मिसाएर पिँध्ने र लेप लगाउने । १५ मिनेटपछि धुने ।
– सुत्नु अगाडि काँचो दुधले अनुहार सफा गर्ने ।
– आइरनयुक्त खानेकुराहरु खाने ।
– गहुँको च्याँख्ला भिजाएर बिहान हल्का हातले मालिश गरेर केही समयपछि धुने ।