विधि
– सुरुमा घोप्टे पेर सुत्नुहोस् । हत्केला छातीको दुवैतर्फ राख्नुहोस् । कुहिनुमाथि उठेको तथा हातहरु छातीनजिक राख्नुपर्छ ।
– खुट्टा सीधा तथा पैताला आपसमा मिलेको हुनुपर्छ । पैताला पछाडितर्फ तन्किएको र जमिनमा टेकेको हुनुपर्छ ।
– श्वास भित्र तान्दै छाती एवं टाउकोलाई विस्तारै विस्तारै माथि उठाउनुहोस् । नाभिको भन्दा तलको भाग भुइँमा राख्नुहोस् । टाउकोलाई माथि उठाउँदै घाँटीलाई जति माथि मोड्न सकिन्छ, मोड्नुपर्छ । यो स्थितिमा करिब ३० सेकेन्ड बस्नुपर्छ ।
लाभ
– काँध, समस्त मेरुदण्ड र हातको हड्डी आदि दुखाइमा फाइदा गर्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट