• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

by
२८ जेष्ठ २०८१,
0
७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीका अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका ६६ वर्षीय बाशु देवमान जोशी कुलेश्वरका स्थानीय, ६७ वर्षीय सेलालिक काठमाडौँ–२५ केलटोल र सदस्य ५८ वर्षका धर्मरत्न पाछेँ नरदेवीका नागरिक रहेका छन् । उक्त सहकारीले बचतकर्ताहरुलाई निश्चित अवधिभरीमा साँवा र ब्याज समेत फिर्ता गराउने भन्दै सहकारीमा रकम बचत गर्न लगाएका थिए । तर पछि बचतकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द गरेपछि उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

यस्तै काठमाडौँको माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीइओसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीइओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन् ।

आरोपीहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपीहरुबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान पुरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

मेगा ड्रिमका संचालकहरुविरुद्ध २१ करोड २ लाख ८४ हजार बिगो मागदावी लिनुपर्ने रायसहित सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । बागमती प्रदेशस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मेगा ड्रिमका सञ्चालकहरूलाई पक्राउ गरेर कानुनी कारबाही गर्न ४ मंसिर २०८० मा पत्राचार गरेको थियो ।

२०८० फागुन २९ मा प्रहरी वृत बौद्धमा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । सहकारीका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रबिन कुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उमाकान्त न्यौपाने, सदस्य प्रकाश घिमिरे र सुभद्रा चौलागाई फरार छन् । प्रहरीले उनलाई फरार प्रतिवादी कायम गरेको छ । सहकारी सञ्चालकहरूविरुद्ध १६२ जना बचतकर्ताले जाहेरी दिएका छन् । माछापोखरीमा मुख्य कार्यालय भएको सो सहकारीले थानकोट, कालीमाटी, न्यूरोड, चाबहिल, जारेपाटी, गठ्ठाघर र चापागाउँ दोबोटोमा सेवा कार्यालय सञ्चालन गर्दै आएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In