काठमाडौं।स्कटल्याण्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ। समूह बी मा स्कटल्याण्डले पहिलो जित हात पारेको हो।
१५६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो। स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो।
त्यस्तै समूह ए अर्को खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै सनसनी मच्चाएको छ। समूह डी को समूह डी को पहिलो खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो। अब नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ।













