• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

by
२४ जेष्ठ २०८१,
0
गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका– ३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालामा बनेको हो । गलकोट नगरपालिका ३ का वडाध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनर्निर्माण चलिरहेको र अहिले पुनर्निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेषनजिकैको कोतघर २०४० मा पुनर्निर्माण गरी ढुंगाले छाइएको थियो । त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनर्निर्माण भने गरिएको थिएन ।

‘बाहिरबाट रङरोगन गरिए पनि भित्रका काठ कुहिएका रहेछन् । ढुंगाको छाना चुहिएर कोतघर जीर्ण भएको थियो । नगरपालिकाले विस्तृत परियोजना प्रतियोदन तयार गरेर कोतघरको पुनर्निर्माण गर्ने तथा त्यस क्षेत्रको समग्र विकास गर्ने योजना जारी छ’, वडाध्यक्ष खत्रीले भने, ‘नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ ।’

घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले दु्रत प्रभाव योजनाअन्तर्गत गलकोटस्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिए । आगामी असारभित्रै निर्माण सम्पन्न गरेर कोतघर नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै उनले जीर्णोद्धार लागत नौ लाख रहेको बताए । गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले कोतघरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी ५० लाखभन्दा बढी खर्चेर भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाइ छ। गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल निर्माण गरेका थिए । कोतघरले झन्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै भगवतीको मन्दिर पनि छ ।

कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् । तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यतिबेलैका मूर्ति र शिला छन् । खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवनसमेत बनाइरहेको छ ।

कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । अहिलेको गलकोट नगरपालिकाको नाम समेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ । कोतघरमा बडादसैं र चैतेदसैंमा विशेष पूजा हुने गरेको छ । विसं १६३१ देखि १८४४ सम्म कोतघरबाट गलकोट राज्य सञ्चालन भएको थियो ।

Previous Post

चीनले नेपाली सेनालाई दिएको गाडीबारे संसदमा उठ्यो प्रश्न

Next Post

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

सम्बन्धित खबर

सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
Load More
Next Post
सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In