• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भान्साको महँगीले ढाड सेक्दै

    भान्साको महँगीले ढाड सेक्दै

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भान्साको महँगीले ढाड सेक्दै

    भान्साको महँगीले ढाड सेक्दै

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अफ्रिकाको जिबुतिमा किन छोडियो ल्याबमा बनाइएका लाखौं लामखुट्टे ?

by
१३ जेष्ठ २०८१,
0
अफ्रिकाको जिबुतिमा किन छोडियो ल्याबमा बनाइएका लाखौं लामखुट्टे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अफ्रिकी देश जिबुतीमा लाखौं आनुवंशिक रूपमा परिमार्जित (जीएमओ) लामखुट्टे वातावरणमा छोडिएको छ । यसको उद्देश्य मलेरिया रोग फैलाउने लामखुट्टेको प्रजातिको फैलावट रोक्नु हो ।

वातावरणमा निस्कने एनोफिलिस स्टेफेन्सी लामखुट्टेले टोक्दैनन् । यसलाई बेलायती बायोटेक्नोलोजी कम्पनी अक्सिटेकले विकास गरेको हो । यी लामखुट्टेमा एउटा जीन हुन्छ जसले पोथी लामखुट्टेलाई वयस्क हुनुअघि नै मार्छ । पोथी लामखुट्टेले मात्र टोक्छ र भाइरसबाट हुने मलेरियालगायत अन्य रोगहरू फैलाउँछ ।

पूर्वी अफ्रिकामा प्रयोगशालामा उब्जाएको लामखुट्टे खुला वातावरणमा छाडिएको यो पहिलो पटक हो । सम्पूर्ण अफ्रिकी महाद्वीपको बारेमा कुरा गर्दा, यो दोस्रो पटक गरिएको हो । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले ब्राजिल, केम्यान टापु, पनामा र भारतमा यस्तै प्रविधिहरू प्रयोग गरिएको र धेरै सफल भएको बताएको छ ।

सिडिसीले २०१९ यता, एक अर्ब भन्दा बढी आनुवंशिक रूपले परिमार्जित लामखुट्टे विश्वभर खुला वातावरणमा छोडिएको जनाएको छ । यी लामखुट्टेको पहिलो समूह बिहीबार जिबुती सहरको अम्बौली उपनगरीय क्षेत्रमा खुला हावामा छोडिएको थियो । यो परियोजना अक्सिटेक लिमिटेड, जिबूती सरकार र गैरसरकारी संस्था एशोसिएसन म्युचुअलिस बीचको आपसी साझेदारीमा सुरु भएको हो ।

जीएमओ लामखुट्टेले कसरी काम गर्छ ?
‘हामीले नटोक्ने, रोग नफर्काउने अनुकूल लामखुट्टेहरू बनाएका छौं र जब हामीले यी अनुकूल लामखुट्टेहरूलाई हावामा छोड्छौं, तिनीहरूले जंगली प्रकारको पोथी लामखुट्टेसँग प्रजनन गर्न सक्षम हुन्छन्,’ ओक्सिटेक प्रमुख ग्रे फ्र्यान्डसेनले बीबीसीलाई बताए । प्रयोगशालामा हुर्कने यी लामखुट्टेमा ‘नम्बर लिमिटिङ’ जीन हुन्छ, जसले पोथी लामखुट्टेका सन्तानलाई हुर्कन र प्रजनन उमेरमा पुग्नबाट रोक्छ ।

वन्यजन्तु र प्रयोगशालामा बनाइएका लामखुट्टेको प्रजननबाट उत्पादन हुने लामखुट्टेमध्ये पुरुष मात्र बाँच्ने तर अन्त्यमा ती पनि मर्छन् भन्ने यस परियोजनामा संलग्न वैज्ञानिकहरू बताउँछन् । २०१८ मा, बुर्किना फासोको वातावरणमा न्युटेड एनोफिलिस कौलिगी लामखुट्टे छोडिएको थियो । यसको विपरित, यो नयाँ प्रजाति (एनोफिलिस स्टेफेन्सी) को लामखुट्टेले नयाँ पुस्तालाई जन्म दिन सक्छ । प्रयोगशालामा उब्जाएको लामखुट्टेलाई खुल्ला ठाउँमा छोड्ने यो परियोजना जिबूति फ्रेन्डली लामखुट्टे कार्यक्रमको एक हिस्सा हो, जुन दुई वर्षअघि सुरु भएको थियो ।

यो कार्यक्रमको उद्देश्य एनोफिलिस स्टेफेन्सी लामखुट्टेको जातको फैलावट रोक्नु हो । मानिसलाई टोक्ने लामखुट्टेको यो प्रजाति सन् २०१२ मा जिबूतिमा पत्ता लागेको थियो । त्यतिबेला जिबूती मलेरिया उन्मूलनको कगारमा थियो । त्यतिबेला देशमा ३० जना मलेरियाका बिरामी भेटिएका थिए । त्यसयता जिबूतीमा मलेरियाको रोग अत्याधिक रूपमा बढ्दै गएको छ र सन् २०२० सम्ममा यसका बिरामीको संख्या ७३ हजार पुगेको थियो । यो जातको लामखुट्टे अहिले अफ्रिकाका अन्य ६ देश इथियोपिया, सोमालिया, केन्या, सुडान, नाइजेरिया र घानामा पनि पाइन्छ ।

यो प्रयोगको लागि जिबुती नै किन रोजियो ?

एनोफिलिस स्टेफेन्सी प्रजातिका लामखुट्टेहरू एसियाको मूल निवासी हुन् र नियन्त्रण गर्न धेरै गाह्रो छ । यिनीहरूलाई शहरी लामखुट्टे पनि भनिन्छ, जसले परम्परागत लामखुट्टे नियन्त्रण विधिहरूलाई पराजित गर्ने कलामा महारत हासिल गरेको छ । यी लामखुट्टेले दिउँसो र राती टोक्ने र रासायनिक विषादीले यस प्रजातिमा कुनै असर गर्दैन । जिबूतीका स्वास्थ्यसम्बन्धी राष्ट्रपतिका सल्लाहकार डा. अब्दल्लाह अहमद अब्दीले फाइनान्सियल टाइम्सलाई बताए, उनको सरकारको उद्देश्य ’जिबुतीमा मलेरियाको फैलावटलाई तुरुन्तै नियन्त्रण गर्नु हो, जसले गत दशकमा यो रोगमा उल्लेखनीय वृद्धि भएको छ ।’

यस कार्यक्रमसँग आवद्ध गैरसरकारी संस्था एसोसिएसन मुचुअलिसका निर्देशक डा. बोह अब्दी खैरेहले भने, ‘हाम्रो समुदायका मानिसहरूमा औलो रोग निकै दुर्लभ हुने गरेको धेरै पहिले थिएन ।’ डा. खैरेह भन्छन्, ’अहिले जिबुतीमा मलेरियाका बिरामीहरू दिनहुँ देख्छौं । यसलाई नियन्त्रण गर्न नयाँ कदम चाल्नुपर्ने आवश्यकता छ ।’ यो कार्यक्रम सञ्चालकहरू भन्छन्, जिबूती एउटा सानो देश हो, र एक मिलियन भन्दा बढी जनसंख्या भएको यो देशका अधिकांश मानिसहरू शहरहरूमा बस्छन् । यस्तो अवस्थामा त्यहाँ मलेरियाविरुद्धको नयाँ अभियान लागू गर्न निकै सहज छ ।

यस परियोजनामा समुदायलाई पनि साझेदार बनाइएको छ । मलेरियाका बिरामी सादा इस्माइल पनि यस कार्यक्रमसँग आवद्ध छन् । इस्माइलले भने, ‘मलेरिया हाम्रो स्वास्थ्यमा असर गर्ने गम्भीर चुनौती हो । अब मानिसहरू यी अनुकूल लामखुट्टेहरूले हामीलाई मलेरिया विरुद्धको लडाई जित्न मद्दत गर्छन् भनेर हेर्न पर्खिरहेका छन् ।’

जीएमओ जीवहरूमा विवाद

आनुवंशिक रूपमा परिमार्जित जीवहरू अफ्रिकामा सधैं विवादको विषय भएको छ । वातावरणीय संगठनहरू र अभियानकर्ताहरूले भने यसले विद्यमान खाद्य श्रृंखला र इकोसिस्टममा विनाशकारी प्रभाव पार्ने चेतावनी दिएका छन् । तर, ओक्सिटेकका प्रमुख फ्र्यान्डसेन भन्छन्, विगत १० वर्षमा यस समस्याको जैविक समाधानका विकासकर्ताहरूले एक अर्बभन्दा बढी परिमार्जित लामखुट्टे वातावरणमा छोडेका छन् र अहिलेसम्म कुनै प्रतिकूल प्रभावको कुनै प्रमाण नभेटिएको छ ।

फ्र्यान्डसेन आफ्नो तर्कमा थप्छन्, ‘हाम्रो जोड भनेको हामीले वातावरणमा जे पनि छोड्छौं सुरक्षित र अत्यधिक प्रभावकारी हुनुपर्छ । यसले वातावरणमा कुनै असर गर्दैन । किनभने तिनीहरू विषालु वा एलर्जीको कारण होइनन् र यी लामखुट्टेहरू एक विशेष प्रजातिका हुन् ।’ अक्सिटेकले लामखुट्टेको र्यालमा आनुवंशिक रूपमा परिमार्जित जीन नपाइने बताएको छ । यस्तो अवस्थामा ल्याबमा बनेको लामखुट्टेले कसैलाई टोके पनि यो आनुवंशिक परिवर्तनले उसलाई कुनै साइड इफेक्ट गर्दैन ।

राष्ट्रपतिका सल्लाहकार डा अब्दी भन्छन्, ‘समस्याको यो नयाँ समाधान विवादास्पद हुन सक्छ तर यो भविष्य हो ।’ यो प्रयोग सफल भए ठूला क्षेत्रमा प्रयोगशालामा हुर्काउने लामखुट्टे छोडेर ठूला परीक्षण गरिने उनीहरुको भनाइ छ । यी लामखुट्टेहरूलाई जिबुटीको वातावरणमा छोड्ने प्रक्रिया आगामी एक वर्षसम्म जारी रहनेछ । मलेरिया एक घातक रोग हो, जसका कारण विश्वभर हरेक वर्ष कम्तिमा ६ लाख मानिसले ज्यान गुमाउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार मलेरियाका कारण मृत्यु हुने दशमध्ये नौमध्ये उप–सहारा अफ्रिका क्षेत्रमा मात्रै हुने गरेको छ ।

Previous Post

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

Next Post

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

सम्बन्धित खबर

भान्साको महँगीले ढाड सेक्दै
आर्थिक

भान्साको महँगीले ढाड सेक्दै

६ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

६ अशोज २०८३,
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
अन्तर्राष्ट्रिय

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

६ अशोज २०८३,
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
फिचर-ब्यानर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

६ अशोज २०८३,
Load More
Next Post
जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In