• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानका सर्वेसर्वा को हुन्?

by
८ जेष्ठ २०८१,
0
इरानका सर्वेसर्वा को हुन्?

Iranian President Ebrahim Raisi speaks during a meeting with Azerbaijan's President Ilham Aliyev on the Azerbaijan-Iran border, May 19, 2024. Iran's Presidency/WANA (West Asia News Agency)/Handout via REUTERS

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एउटा हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि रिक्त पदका लागि अब नयाँ राष्ट्रपतीय चुनाव गर्नुपर्ने हुन्छ।

तर कट्टरपन्थी नेताको अचानक भएको मृत्युले इस्लामिक गणतन्त्र इरानको राजनीतिमा ठूलो असर नपार्न सक्ने अपेक्षा गरिएको छ। किनकि सबैभन्दा शक्तिमान देशका सर्वोच्च नेता हुन्छन्।

इरानमा अब के हुनेछ?
मृत्यु भएको वा स्वास्थ्य अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिको विषयमा इरानको संविधान एकदमै स्पष्ट छ।

रइसीको मृत्युपछि सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई शासन सत्ता सञ्चालन गर्ने अन्तरिक जिम्मेवारी तोकेका छन्।

मोख्बेरले नयाँ राष्ट्रपति चयनका लागि चुनाव गराउनेछन्। उनले संसद्‌ र न्यायपालिकाका प्रमुखसँग मिलेर काम गर्नेछन्। चुनाव ५० दिनभित्र हुनुपर्ने हुन्छ।

पछिल्लो चुनावमा रइसीका सबै गम्भीर प्रतिद्वन्द्वीहरूलाई उठ्नबाट रोक लगाइएपछि निर्वाचित हुने मार्ग उनका लागि प्रशस्त भएको थियो। कम मतका साथ उनी विजयी भएका थिए।नतिजा पहिल्यै “पक्का भइसकेको” भन्दै अधिकांशले चुनाव बहिष्कार गरेका थिए।

सर्वोच्च नेताका अधिकार के हुन्?
इरानमा सबैभन्दा शक्तिशाली भनेका अयातोल्लाह अली खामेनेई हुन् जो सन् १९८९ यता त्यहाँका सर्वोच्च नेता छन्।उनी राष्ट्रप्रमुख र सैनिक प्रमुख हुन्।राष्ट्रिय प्रहरी र नैतिक आचरणसम्बन्धी प्रहरीमाथि पनि उनका अधिकार छन्।

देशको आन्तरिक सुरक्षा हेर्ने इस्लामिक रेभुलूशन गार्ड कप्स (आईआरजीसी) र त्यसको स्वयंसेवक समूह बसिज रेजिस्टेन्स फोर्समाथि पनि अयातोल्लाह खामेनेईको नियन्त्रण हुन्छ।

राष्ट्रपतिले के गर्छन्?
राष्ट्रपति सर्वोच्च जननिर्वाचित व्यक्ति हुन् र सर्वोच्च नेतापछि वरीयताक्रममा दोस्रो स्थानमा हुन्छन्।दैनिक सरकार सञ्चालनको जिम्मेवारी राष्ट्रपतिलाई हुन्छ भने आन्तरिक तथा बाह्य मामिलामा महत्त्वपूर्ण प्रभाव राष्ट्रपतिको हुन्छ।

यद्यपि अधिकारहरू तुलनात्मक रूपमा सीमित हुन्छन्- खासगरी सुरक्षा मामिलामा।आन्तरिक मामिला मन्त्रालयले राष्ट्रिय प्रहरी बललाई हेर्छ। तर त्यसका कमान्डर चाहिँ सर्वोच्च नेताबाट नियुक्त हुन्छन् र उनी सीधै खामेनेईप्रति जबाफदेही हुन्छन्।

आईआरजीसी र बसिजका कमान्डरको हकमा पनि त्यही नियम लागु हुन्छ।राष्ट्रपतिको शक्ति सन्तुलन संसद्‌ले पनि हेर्न सक्छ जसन संसद्‌ नयाँ कानुन ल्याउँछ।

सर्वोच्च नेताका नजिकका साझेदारहरू रहने गार्डियन काउन्सिलले नयाँ कानुनलाई अनुमोदन गर्छ भने रोक लगाउने अधिकार पनि त्यससँग हुन्छ।

सत्ताले कसरी चुनौती पाएको छ?

सन् २०२२ मा २२ वर्षीया माहशा अमिनीको हिरासतमा मृत्युभएपछि देशव्यापी फैलिएको प्रदर्शनले इस्लामिक गणतन्त्र इरान हल्लिन पुगेको थियो।मानव अधिकारवादी समूहहरूका अनुसार सो क्रममा सयौँ मारिए भने हजारौँलाई थुनियो।महिलाको पोशाकको विषयलाई लिएर शुरू भएको प्रदर्शन सत्ताप्रति आक्रोशसम्म पुग्यो।

नैतिक आचरण प्रहरी को हुन्?
नैतिक आचरणसम्बन्धी प्रहरी अथवा गाइडेन्स पेट्रोल्स राष्ट्रिय प्रहरीको हिस्सा हो।सन् १९७९ मा इस्लामिक क्रान्तिपछि ल्याइएको इस्लामिक नैतिकता एवं पोशाकसम्बन्धी कानुन कार्यान्वयनको मामिला हेर्नका लागि सन् २००५ मा उक्त बल गठन भएको हो।

त्यसमा आबद्ध अनुमानित सात हजार पुरुष तथा महिला अधिकारीसँग चेतावनी दिने, जरिवाना तिराउने अथवा पक्राउ गर्ने अधिकार हुन्छ।

आईआरजीसी: आन्तरिक सुरक्षा हेर्ने प्रमुख सङ्गठन

इस्लामिक रेभुलूशन गार्ड कप्स (आईआरजीसी) इरानको आन्तरिक सुरक्षा मामिला हेर्ने प्रमुख सङ्गठन हो जसमा अहिले डेढ लाखभन्दा बढी कार्यरत छन्।

आफ्नै स्थल, जल तथा वायु फौज रहेका आईआरजीसीले इरानका रणनीतिक अस्त्रहरू हेर्दै आएको छ।विदेशमा पनि उसको बल छ जसलाई कुड्स फोर्स भनिन्छ। त्यसले मध्यपूर्वमा गोप्य रूपमा पैसा, अस्त्र र प्रविधि उपलब्ध गराउनुका साथै प्रशिक्षण पनि दिन्छ।उसले बसिज रेजिस्टेन्स फोर्समाथि पनि नियन्त्रण राख्छ।

बसिज के हो?
बसिज रेजिस्टेन्स फोर्स सन् १९९७ मा स्वयंसेवक अर्धसैनिक सङ्गठनको रूपमा गठन भएको थियो।इरानका सबै प्रान्त एवं शहरमा र देशका अधिकांश आधिकारिक संस्थामा त्यसका शाखाहरू छन्।

त्यसअन्तर्गत रहेका करिब एक लाख सदस्यले आन्तरिक सुरक्षाको क्षेत्रमा काम गर्दै आएका छन्।सन् २००९ को विवादित राष्ट्रपतीय चुनावयता उक्त सङ्गठनले सरकारविरोधी प्रदर्शनहरूमाथि दमनमा व्यापक भूमिका निर्वाह गर्दै आएको छ।

बीबीसी

Previous Post

चुट्किलाः म तपाईंलाई नै सम्झिन्छु

Next Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिद बिक्री

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In