• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारीहरू नै नक्कली लाइसेन्स बनाउने कार्यमा लागेपछि….

by
५ जेष्ठ २०८१,
0
लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँको यातायात व्यवस्था विभागका  कार्यरत कर्मचारीहरूले नै नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न फेला परेपछि अनुसन्धान थालेको सिआईबीले गैरकानुनी कार्यमा लागेका व्यक्तिहरूलाई धमाधम  नियन्त्रणमा लिँदै आएको छ । नक्कली लाइसेन्स प्रकरणमा सीआईबीले शङ्का लागेपछि अनुसन्धान  अगाडी बढाएको थियो । २०८० असारमा शशाङ्क बस्यालले चलाएको कारले स्थायी ठेगाना स्याङ्जा भएका  पैदल यात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएपछि  बस्याललाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान अगाडी बढाएको थियो ।

‘ दुर्घटनापछि बस्यालले ए’ र ‘बी’ वर्गको (मोटरसाइकल र कार) लाइसेन्स पेस गरेर छुटे । बस्यालसँग मोटरसाइकलको मात्रै लाइसेन्स रहेको र दुर्घटना भएपछि बिचौलियामार्फत लाइसेन्स खरिद गरिएको सूचना पाएको  सीआईबीले अनुसन्धानका क्रममा  ‘बी’ वर्गको लाइसेन्स भएका शिवपूजन मलाहलाई केही रकम दिएर उक्त लाइसेन्स बस्यालको नाम र ठेगानामा जारी भएको अनुसन्धानबाट पुष्टि गरेको छ ।

शिवपूजनको नम्बरको लाइसेन्समा  विवरण  बस्यालको राखेर यातायात कार्यालय बुटवलबाट १३ असार २०८० ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स जारी भएको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । बस्यालका लागि ‘बी’ वर्गको लाइसेन्स बनाउने मुख्य योजनाकार आइटी इन्जिनियर हरिश भट्ट रहेको सीआईबीले निष्कर्ष निकालेको छ । सीआईबीका अनुसार उक्त समूहले अन्य व्यक्तिको पनि नक्कली लाइसेन्स बनाएको छ ।

 सीआइबीले नक्कली लाइसेन्स बनाएर लाखौँ रकम  आर्जन गर्दै आएका ११ जनालाई नियन्त्रमा लिइसकेको छ। अहिले उनीहरु अनुसन्धानकै क्रममा हिरासतमा रहेका छन् । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएर प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

गत वर्षको साउनमा उद्धवप्रसाद रिजाल महानिर्देशक बनेपछि यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणबारे छानबिन समिति गठन गरेर अनुसन्धानलाई अगाडी बढाइएको थियो  ।  विभागका उपसचिव रेग्मी नेतृत्वको समितिले १ लाखभन्दा बढी लाइसेन्स प्रक्रिया पुरा नगरी  जारी गरेको तथ्याङ्कले पुष्टि गरेको सिआईबीले जनाएको छ ।

 वैशाख १५ बाट सीआईबीले पक्राउ सुरु गरेको थियो । २५ वैशाखमा सीआईबीले सूर्यकुमार चौधरी, वसन्त पाण्डे,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आइटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमा करार इन्जिनियरको रूपमा कार्यरत हरिश भट्टलाई पक्राउ पक्राउ गरेको थियो ।

चौधरी पूर्वकर्मचारी हुन् भने पाण्डे बिचौलिया हुन् । यस्तै  बिहीबार काठमाडौँको यातायात व्यवस्था विभागमा कार्यरत कम्युटर अपरेटर दीपा न्यौपाने पक्राउ परेकी थिइन् यस्तै गत बुधबार इलाका प्रशासन कार्यालय सल्यानमा कार्यरत कम्युटर अपरेटर (नासु) गणेश भण्डारी पक्राउ परे ।  यस्तै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई

 पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।  अर्याल, भट्ट र पाण्डे तीन कर्मचारी पक्राउ परेपछि नक्कली लाइसेन्स लिनेहरू लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोलालाई पनि सीआईबीले पक्राउ गरेको थियो ।

अहिलेसम्म शाखा अधिकृतसहित ५ बहालवाला कर्मचारी, १ पूर्वकर्मचारी, १ बिचौलिया र ४ नक्कली लाइसेन्स लिने गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको सीआईबीले जनाएको छ । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा पुगेकाले सम्भवतः आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीको छ ।नक्कली लाइसेन्स बनाउनेमा उनीहरूको भूमिका देखिएपछि पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 हिरासतमा रहेकामध्ये प्रदीप सुनारको नाममा एकान्त कुनामा विगत १० वर्षदेखि वेलकम ड्राइभिङ सेन्टरसमेत सञ्चालनमा रहेको छ । सुनारले हाल हिरासतमा रहेका यातायातका आइटी इन्जिनियर भट्टसँग मिलेर ड्राइभिङ सेन्टर खोलेको अनुसन्धानको निष्कर्ष रहेको छ  । करार आइटी इन्जिनियरको रूपमा १२ वर्षदेखि यातायात कार्यालयमा कार्यरत रहेका भट्टमार्फत नै विना ट्रायल नै लाइसेन्स उपलब्ध हुँदै आएको थियो ।

 यातायात व्यवस्था विभागका उपसचिव तथा आइटी विभागका प्रमुख मुकेश रेग्मी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमाथि अर्को पनि अनुसन्धान थाल्ने सीआईबीको तयारी छ । प्रदेशहरूमा ट्रायल परीक्षा सञ्चालन नगर्ने, ट्रायलको मिति अगाडि–पछाडि गरिदिने र ट्रायल नै नदिई लाइसेन्स दिनेसम्मको काममा विभागको कमजोरी देखिएको छ ।

Previous Post

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या बढ्यो

Next Post

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सम्बन्धित खबर

तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै
फिचर-ब्यानर

विधान संशोधनमार्फत रास्वपालाई थप समावेशी बनाइँदै

८ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
Load More
Next Post
राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In