बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिन प्रख्यात राजनेता, दार्शनिक लेखक तथा वैज्ञानिक थिए । उनले अमेरिकी क्रान्तिमा महत्वपूर्ण योगदान दिएका थिए । उनले अमेरिकाको पहिलो सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए । साथै समाज सुधारका प्रशस्तै काम गरेका थिए ।
बेन्जामिन गरिब बाबुआमाका पन्ध्रौँ सन्तान थिए । उनी आठ वर्षको हुँदा मात्रै स्कुल जान शुरु गरेका थिए । तर अभावको कमीको कारणले गर्दा दुई वर्षपछि नै स्कुल छोड्नु परेको थियो । त्यसपछि उनले आफ्नो बाबुको साबुन तथा मैनबत्ती बनाउने व्यापारमा मद्दत गरे । तर उनलाई त्यो काम मन परेको थिएन ।
बेन्जामिन पुस्तकालयलाई औधी माया गर्थे र हरदम पढिरहन्थे । यस्तैकारणले उनका बाबुले उनलाई पुस्तक सम्बन्धी व्यवसायमा पठाउने निर्णय गरे । १२ वर्षको उमेरमा बेन्जामिनले आफ्नो भाइ जेम्सका साथ प्रिन्टिङको काम सिक्न थाले । ३ वर्षपछि जब उनका भाइले एउटा पत्रिका निकाल्न शुरु गरे तब उनी दिनमा पत्रिका बाँड्थे भने रातमा यसको लागि लेख लेख्थे । १७ वर्षको उमेरमा भाइसँग उनको झगडा भयो । त्यसपछि गरिब, भोका र थाकेका फ्र्याङ्कलिन फिलाडाल्फिया पुगे । त्यहाँ उनले प्रिन्टिङको काम गर्दै १७३३ मा उनले रिचर्ड सान्डर्सको नामबाट ‘पुअर रिचर्डस अल्मानाक’ नामको पुस्तक छपाए ।
विज्ञानमा उनको गहिरो रुचि थियो । उनी विद्युत सम्बन्धी काम गर्दे थिए ।, त्यसै समय मुसलधारो पानी परिरहेको थियो । उनले यो पानीमा धातुको पातालाई उडाएर २ प्रकाको विद्युत हुन्छ भन्ने प्रमाणित गरे । एउटा पोजेटिभ र अर्काे नेगेटिभ । उनले तडित चालकको उपयोगी खोज पनि गरे । देशभक्तिको कराण उनी राजनीतिमा प्रवेश गरे र संविधान लेख्ने कार्यमा महत्वपूर्ण भूमिका निभाए ।
साभारः ‘सफलता’ पुस्तकबाट