दुनियाँमा सबैभन्दा सफल मानिस त्यही हो, जो लगातार सिक्न र आफ्नो ज्ञानको दायरा बढाउन निरन्तर लागिरहन्छ । ऊ नयाँ विचार र सुझावलाई खुल्ला मनले स्वीकार गर्छ ।
धेरै मानिसले गर्ने मुख्य गल्ती भनेको ऊ कुनै विषयको बारेमा सारा जानकारी प्राप्त गरिसकेको छ र त्यस विषयमा कोही कसैले उसलाई भनिरहनुपर्दैन । यस्तो सोच्छ कि उसलाई जे थाहा छ त्यही नै यो विषयको पूरा जानकारी हो । यसलाई मानिसको अज्ञान भरिएको बुद्धिमानीको घमण्ड भन्न सकिन्छ । त्यसै गरी अयोग्यता पनि भन्न सकिन्छ । यस्ता मानिसलाई कुनै कुरा आफूलाई थाहा छैन भन्ने कुरा नै उसलाई थाहा छैन । यस्ता मानिसको मद्दत गर्न सकिँदैन, किनकि निदाएको मानिसलाई मात्र उठाउन सकिन्छ, निदाएको नाटक गरेको मानिसलाई उठाउन सकिन्न । सबै कुरा आफूलाई नै थाहा छ भनेर थप जानकारी नै लिन चाहँदैन भने कसरी मद्दत गर्न सकिन्छ र ! त्यसैले कति कुरा थाहा छैन र कति कम जानिन्छ त्यो पत्ता लगाएर व्यवहार गर्न सक्ने नै बुद्धिमान हो ।
साभारः ‘सफलता शास्त्र’ पुस्तकबाट













