• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    सुदन किराँतीले छाडे प्रलोपा

    सुदन किराँतीले छाडे प्रलोपा

    तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    नवलपरासीमा आगलागी, बाह्र घर जले

    सुदन किराँतीले छाडे प्रलोपा

    सुदन किराँतीले छाडे प्रलोपा

    तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

by
३१ बैशाख २०८१,
0
झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ ।

बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’, ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका पक्षलाई विषय बनाए । कतिपयले सत्रौँ–अठारौँ शताब्दीका र केहीले पञ्चायतकालकै घटनाबारे लेखेर मदन र पद्मश्रीलगायत पुरस्कार पनि प्राप्त गरे ।

पात्रमार्फत इतिहासका लुकेका पाटाबारे जानकारी दिने र मनोरञ्जन पनि गराउने उद्देश्यले लेखिएका त्यस्ता कृतिमा वास्तविकता एवं सत्यताबारेको जोखिम भने कायमै रहन्छ ।

कथालाई रोचक बनाउन बिचबिचमा घुसाइने प्रसङ्ग, संवाद र वाक्यहरू मसला मात्र हुन् भन्ने सत्य जान्दा जान्दै पनि उपन्यासकारले घटनालाई तन्काइरहन्छन्, पाठक त्यसैमा रमाइलो मान्दै जान्छन् र आफू ऐतिहासिक घटनाको नजिक पुगेको ठान्छन् ।

कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् । इतिहास लेख्दा तथ्यतथ्याङ्कको नजिक पुग्न निकै मेहनत पर्ने र कतिपय प्रसङ्गमा सत्यता नभेटिने भयले पनि उहाँहरू आख्यान वा साहित्य लेखनमा लाग्नुभएको हुन सक्छ ।

साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा २०८० पुसमा प्रकाशित साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ उपन्यास नेपालको त्यस्तै ऐतिहासिक ‘झापा विद्रोह’ (२०२८–०३२) मा आधारित छ । सोही वर्ष माघ १० गते काठमाडौँमा विमोचन भएर बजारमा आई चर्चापरिचर्चा हुन थालेको छ ।

‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ शीर्षकमा गत वर्ष नै भदौमा सार्वजनिक भएको निरोज कट्टेलको अनुसन्धानमूलक कृतिले पनि भट्टराईकै जस्तो कथा भन्छ तर इतिहासका वर्णनका रूपमा । आख्यानका रूपमा आएको भट्टराईको समीक्ष्य कृतिलाई भने कतिसम्म पत्याउने भन्ने प्रश्न चाहिँ बाँकी नै रहन्छ ।

लेखक विद्रोहसँग सम्बन्धित पात्रहरू कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिएकाले इतिहासको समूल सत्य स्वरूप खुल्न नसकेको तथ्यसँग विश्वस्त भएपछि नै अनुसन्धानात्मक समीक्ष्य कृति लेख्न आफू उद्यत भएको स्पष्ट गर्नुहुन्छ ।
आठ वर्षअघि अध्ययन सुरु गरी चार वर्ष लेखन, पुनर्लेखन, सम्पादन र प्रकाशनमा लागेको यस उपन्यासका ‘सबै तथ्य पात्रहरूसँग गरिएका आधिकारिक संवाद’ भएकाले ‘कृतिमा उल्लिखित विषय र सन्दर्भमा जिज्ञासा रहे उहाँहरूसँग हरेक पाठकले सम्पर्क गर्न सक्ने’ वा रुजु गर्न सक्ने चुनौती पनि लेखकले दिएका छन् । झापाका पत्रकार भट्टराईका यसअघि ‘नसमेटिएका पाइलाहरू’ र ‘बकाइनो’ कथासङ्ग्रह तथा ‘मेरो’ कवितासङ्ग्रह र ‘कृष्ण’ सूत्रकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।

उपन्यासकार ‘सम्पूर्ण सत्य केही हुँदैन’ भन्नेमा विश्वस्त भएपछि घटनाको यथार्थ खोज्नपट्टि तथा लेखनमा लाग्नुभयो । ‘इतिहासको वास्तविकता खोज्ने र हेर्ने प्रयासमा तयार’ भएको अनुसन्धानमूलक उपन्यासमा २०२८ सालदेखि सुरु भएको विद्रोहको पृष्ठभूमि, विकास र त्यस क्रममा विद्रोहीबाट आठ, सरकार पक्षबाट ६ र नागरिकको अगुवाइमा भएको एक जनाको हत्यासँग सम्बन्धित घटनाको नालीबेली वक्ताहरूका मुखबाट व्यक्त गराइएको छ ।

गाउँका हुनेखाने वर्गका धर्मप्रसाद ढकाल र उहाँका छोरा ज्ञानी एक्सनका नाममा मारिएपछि सरकारबाट पक्राउ परेकामध्ये पाँच जना झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा २०२९ फागुन २१ गते मारिएकाले घटनाले झनै उग्र रूप लिएको र त्यसैबाट कोअर्डिनेसन केन्द्र हुँदै हालका नेकपा (माले), एमाले, एकीकृत समाजवादी जन्मेका हुन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा २८ साल र त्यसपछिका घटना बिर्सनै सकिन्न ।

नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनको विकास हुँदै गणतन्त्र प्राप्तिसम्मको उपलब्धिमा सो अभियानको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राजाको सत्र सालको कदमपछि छिन्नभिन्न वामपन्थी समूहलाई त्यस घटनाले नयाँ तागत भने दिएको थियो । उग्रता, युवा जोस, क्रान्तिकारी दुस्साहस जे भए पनि सो कार्यको सकारात्मक–नकारात्मक दुवै पक्षबाट मूल्याङ्कन हुँदैआएको छ ।
रोचक कुरा त, भारत, पश्चिम बङ्गाल, नक्सलबाडीमा चारु मजुमदारका अगुवाइमा ‘नक्सलाइट’बाट भएको ‘वर्गशत्रु खत्तम’ को सिको गरेर केही किलोमिटर दूरीमा रहेको झापामा चलाइएको अभियानमा राजनीतिक र लडाकु दुवै पक्षको संलग्नता थियो र नक्सलबाडीका केही युवा पनि सहभागी थिए ।

सुखानीमा मारिएका क्रान्तिकारी कम्युनिष्टका नाममा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ नै बन्यो भने विद्रोहमा सामेल हुनुभएकालाई केपी शर्मा ओली सरकारका पालामा २०७२ सालमा राष्ट्रिय सहिद पनि घोषित गरियो । जहाँ सुखानीका सहिदको प्रतिमा बनेको छ, त्यसको करिब तीन सय मिटर पूर्वमा विद्रोहीबाट मारिएका बुटन चौधरीलाई पनि सहिद नै मानेर सालिक स्थापना गरिएको घटना रोचक छ । मर्ने, मार्ने दुवै सहिद र दुवैका सालिक सार्वजनिक स्थानमा सँगसँगै हुनाले इतिहासको पुनःमूल्याङ्कन भएको मान्न सकिन्छ ।

मारिनुपर्ने भनिएका सामन्त र शोषक तथा नमारिनुपर्ने निर्दाेष दुवैथरी मारिएको सुनिएको सो घटना आन्दोलन थियो कि पूर्वाग्रह भन्ने ठोस प्रमाण नभएकाले नै त्यसको पूर्तिका लागि पुस्तक लेख्नुभएका भट्टराईले इतिहास नै त लेख्नुभएन, बरु त्यसलाई स्पर्श गर्ने उपन्यास लेखे ।

नयाँ उपन्यास लेख्नलाई उहाँलाई ‘धनबहादुर र म’ र महाभारतकालीन पात्र ‘अश्वत्थामा’लाई लिएर लेख्दाको पहिलेकै अभ्यास छँदै थियो । पहिलो प्रयोगवादी उपन्यासमा उहाँले सामान्य भनिएका मानिसका भोगाइलाई विषय बनाउनुभएको छ भने दोस्रो सबैले भन्दै आएका असत्य पक्षका दुर्याेधन एवं कौरवपक्ष सत्य भएको नयाँ कथ्य दिएका छन् ।

विद्रोह थालनीको ५० वर्ष पारेर स्वर्ण वर्ष समारोह आयोजना गराई त्यहाँ विद्रोहमा संलग्न व्यक्तिलाई वक्ताका रूपमा बोल्न लगाएर तिनका टिपोट सारेको जस्तो गरेर लेखकले पहिले नै तिनै वक्ता भनिएकासँग गरेको कुराकानीको प्रस्तुति नै प्रस्तुत उपन्यासको रूप हो ।

विद्रोहमा संलग्न ठुलो र सानो दुर्गा अधिकारी, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी (खड्गप्रसाद) शर्मा ओली, सिपी (चन्द्रप्रकाश) मैनाली, नरेश खरेल, लीला उदासी, नारद भारद्वाज र उहाँका दाजु खडानन्द वाग्ले, भीष्म धिमाल, गौरा प्रसाइँ, (आन्दोलनमा महिलामा खासगरी गौरा, सीता खड्का र …लागेका रहेछन् ।), मनकुमार गौतम, अमर कार्की, मानकुमार तामाङ, मारिने धर्मप्रसादका जेठा छोरा खगेन्द्र, घनेन्द्र बस्नेत, खड्गप्रसाद दहाल, दधिराम उप्रेती, तिलविक्रम ढकाल, रामनारायण चौधरी, नारायणप्रसाद तिवारी, हर्कबहादुर खड्का, युवराज विमली, केशवकुमार बुढाथोकी, भारत, नक्सलवाडीका निमुसिं अर्थात् राजन राजवंशी, मङ्गल मर्डी, लेखनाथ भट्टराई, कृष्ण बराललगायत ३० जनाभन्दा बढी व्यक्तिसँग भेटी औपन्यासिक रूप दिनु चानचुने कुरा होइन ।

मुख्य वक्ताका भनाइलाई सच्याउने तथा थपथाप गर्ने क्रममा केही वक्ता पनि नाटकीय पाराले थपिएका छन् जसले पाठकलाई कुनै वक्ताको पट््यारलाग्दो कथन पढ्दा पढ्दा झिँजो लाग्नबाट बचाउँछ । वक्तामध्ये धेरैले हिजोको त्यो भूमिगत आन्दोलनमा संलग्न भई पार्टी बनाउने र बचाउनेहरूको मूल्याङ्कन नभएको तथा तिनको वर्तमान र भविष्य अन्धकार बनेको, दलभित्र अवसरवादी र पुँजीवादीले निर्बाध प्रवेश पाएको, कोही विद्रोहीले त मन्दिर बनाएर आफू पुजारीसमेत बनेको अनौठो र अपत्यारिलो घटना पनि सुनाएका छन् ।

गोरु व्यापारी ज्ञानबहादुर कार्कीका हत्यामा संलग्न ठुलो दुर्गा अधिकारीले त यतिसम्म भने, ‘यतिखेर लाग्छ–विद्रोह त कसैको पद, प्रतिष्ठा र बेपारका लागि भुइँमान्छे प्रयोग भएर लडिदिने युद्ध त रहेछ ।’

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको भनाइचाहिँ ‘राजनीतिमा जनता मार्न सत्तापक्षले हतियार प्रयोग गर्छ भने त्यसको प्रतिवादमा हतियार जायज हुन्छ । तर, शान्तिपूर्ण अवस्थामा अनावश्यक हतियार प्रयोग जायज ठहर्दैन भन्ने हाम्रो त्यतिखेरको तर्क हो’ भन्ने छ, जुन कुरा माओवादी आन्दोलनसँग विमति राख्ने उहाँका अचेलका बेला बेलाका भनाइसँग मेल खान्छन् । तैपनि व्यक्तिहत्यामा नेतृत्वले प्रश्रय दिएको कुरा लेखकले केही नामै किटेर लेखिदिनाले उहाँहरूलाई अप्ठेरो पर्न सक्छ ।

लेखकले विद्रोहका क्रममा पक्राउ परेकाहरू राखिएको ललितपुरस्थित नख्खु कारागारभित्र आठ–दस फिट गहिरो र ६५ फिट लामो सुरुङ खन्दा निस्केको माटो कहाँ कसरी व्यवस्थापन गरियो त भन्ने प्रश्न गर्दै यसमा सुरक्षाकर्मीले थाहै नपाएको कुरामा विश्वास गर्नुहन्न र सरकारले नै बन्दीलाई भाग्न मद्दत गरेको स्वतन्त्र विश्लेषक कृष्ण बरालमार्फत भन्न लगाउनुभएको छ ।

सबै वक्ताका भनाइ प्रस्तुत भइसकेपछि त्यसको विश्लेषणका लागि जिम्मा दिइएका साहित्यकार तथा पत्रकार बराल घटनामा पञ्चायती सरकार सहयोगी थियो भन्ने कताकति देखाउन खोज्नुभएको छ । यो चाहिँ विवादकै कुरा हो किनकि तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई भने जेलरले विद्रोहीहरुले खरायो पालेको र तिनले नै खनेको हुन सक्ने भनी आफूहरू चुप लागेको स्पष्टीकरण दिएको कुरा उहाँको हालै प्रकाशित कृति ‘सूर्यास्त विम्ब (आत्मकथा)’ मा पढ्न पाइन्छ ।

नेपालको वामपन्थी एवं प्रजातान्त्रिक आन्दोलनको मार्ग नै मोडिदिने उक्त घटनाका प्रत्यक्ष साक्षी तथा सहभागीबाट नै सो अभियानको समग्र इतिहास लेखिनुपथ्र्याे । सोका अभावमा पत्रकार–साहित्यकार भट्टराईले जोखिम मोलेर त्यसलाई उजागर गर्ने जोखिम लिनु चानचुने कुरा होइन ।

हिंसालाई परिवर्तनको माध्यम ठानेको र उग्रवादलाई अपनाएको झापाली समूह पछि मनमोहन अधिकारीले नेतृत्व गरेको समूह (दल)सँग एकीकृत भएपछि शान्तिपूर्ण मार्गमा आएपछि झनै उपलब्धि हासिल भएको कुराको नालीबेली २८ सालका आन्दोलनकारीबाट राम्रोसँग आएको भए २०५२–२०६२ को सशस्त्र द्वन्द्वको घटना नै हुँदैनथ्यो कि ? वक्ता प्रायः सबैले व्यक्ति हत्या गलत थियो भनी स्विकार्नुले आगामी दिन अहिंसा र शान्तिमार्गबाट नै नेपाल हिँड्नुपर्ने सन्देश पनि दिन्छ । अनि वर्तमान गणतन्त्रको बीउ रोपाइँ र उपलब्धिमा भने दुवै घटनाको ठूलो भूमिका थियो भने चाहिँ ठोकुवा गर्न सकिन्छ ।

सो घटनाका पात्रमध्ये केहीले राजकीय पदहरू पाएको र अथाह सम्पत्तिको मालिक बनेको तर कसैको टाउको लुकाउने एक धुर जमिन पनि नभएको कुरा कोट्याएर लेखकले निरीह कार्यकर्तालाई नेतृत्वले ध्यान दिओस् भन्नेतर्फ पनि ध्यानाकर्षण गराउनु सकारात्मक पक्ष हो ।

कृतिमा एकै प्रकारका घटनालाई पनि विभिन्न वक्तामार्फत दोहो¥याइ–तेहे¥याइ प्रस्तुत गरिएकाले कृति अनावश्यक रूपले ४४० पृष्ठको मोटो हुन पुगेको छ ।

हुन त वक्ताको भनाइमा राखिए पनि आफ्नो थर नलेख्ने पुष्पलालका नाममा श्रेष्ठ पनि राखिएको, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जन्म २०३५ सालतिर भएकामा एक वक्ताले २८ सालमा देखाएको, एक ठाउँमा सुखानी काण्ड फागुन ११ गते परेको, लडाकु समूह ‘स्क्वाड’ हुनुपर्नेमा ‘स्क्वार्ड’ भएको तथा रामनाथको थर प्रायः दाहाल लेखिने भए पनि दहाल, हताहत हुनुपर्नेमा हताहती, कतै अश्वत्थामा हुनुपर्नेमा अवश्वत्थामा, वृत्तिविकास हुनुपर्नेमा वृद्धिविकास, गर्त हुनुपर्नेमा गर्व लेखिएको, राजन राजवंशीको भनाइ उहाँले बोल्ने लवजमा नआएको जस्ता केही कमजोरी लेखनमा देखिएको छ ।

कृति पढ्दा औपन्यासिक अंश कम र घटना विवरण बढी भएको भान पनि पाठकलाई पर्छ । घटनाका साक्षी तथा सहभागी त्यतिका वक्ताले विद्रोहका बारे बेलिबिस्तार लगाइसकेपछि लेखकले पाठकलाई नै त्यसप्रति हेर्ने दृष्टिकोण आफैँ तय गर्न छाडेको भए हुन्थ्यो । राजनीतिमा रुचि राख्ने अझ वामपन्थीले त आफ्नो इतिहासको ज्ञान बढाउन पनि निकै तथ्यतथ्याङ्क मिसिएको प्रस्तुत उपन्यास पढ्नैपर्नै हुुन्छ र नेपालको समग्र तथा वाम–प्रजातान्त्रिक आन्दोलनको इतिहासको सच्चाइलाई मर्न नदिन बहस चलाइराख्नुपर्छ ।

Previous Post

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर मानव तस्करी

Next Post

नेपाल टेलिकमको खुद नाफामा वृद्धि

सम्बन्धित खबर

बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
नवलपरासीमा आगलागी, बाह्र घर जले
समाचार

नवलपरासीमा आगलागी, बाह्र घर जले

९ बैशाख २०८३,
सुदन किराँतीले छाडे प्रलोपा
समाचार

सुदन किराँतीले छाडे प्रलोपा

९ बैशाख २०८३,
तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का
फिचर-ब्यानर

तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

९ बैशाख २०८३,
Load More
Next Post
ई-सिम वितरण गर्दै नेपाल टेलिकम, तपाईंको सेटमा चल्छ ?

नेपाल टेलिकमको खुद नाफामा वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In