• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

by
२९ बैशाख २०८१,
0
कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ)। तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो ।

सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।”

सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उनले भने, “वनमा पहिला बेल त्यसै पाइन्थ्यो, अहिले बेल पाउन छाडेपछि हामी नै बेल खेतीमा लागेका छौँ ।”

श्रेष्ठका अनुसार आगामी असोजदेखि उद्योग सञ्चालनको तयारी गरिएको छ । पुनः सञ्चालनसँगै अदुवाको जुस उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले भने, “बेल पाउन थालेपछि फेरि जुस उत्पादन गरी बिक्री गर्नेछौँ । उद्योग सञ्चालनमा ल्याएसँगै अदुवाको जुस पनि उत्पादन गर्ने योजना बनाएका छौँ ।”

म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको छवटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको थियो । विसं २०७१ मा युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि रु ११ लाख २८ हजार र छवटा सामुदायिक वनको रु चार लाख ६० हजारको संयुक्त लगानीमा उद्योग स्थापना भएको थियो ।

सिद्ध बतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उक्त उद्योग स्थापना गरिएको थियो । सुरुमा सामुदायिक उद्योगको रुपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनका लागि छवटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति बनाइएको थियो । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरी विसं २०७४ असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।

छवटै सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णयबमोजिम सिद्ध बतासन सामुदायिक वनका सदस्यसमेत रहुनभएका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी उद्योग सञ्चालनको जिम्मेवारी दिइएको थियो ।

उद्योग सञ्चालकले ३० प्रतिप्याक (१२ बेल स्क्वाएस बोतल) र १२ प्रतिप्याक (१२ अदुवा स्क्वाएस बोतल) का दरले उद्योगलाई उपलब्ध गराउनुपर्ने सम्झौता थियो । वनबाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी (भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ ।

एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह (चिनीरोग) का साथै पाचन शक्तिसमेत बढाउने चिकित्सक बताउँछन् ।

Previous Post

उत्तरी म्यान्मामा चार लाखभन्दा बढी उत्तेजक ट्याब्लेट बरामद

Next Post

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In