• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित

by
२८ बैशाख २०८१,
0
बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित

बाँसजन्य सामग्री तयार पार्दै विद्यार्थी रामपुर (पाल्पा), २८ वैशाख ः रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्बिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ । तस्बिर ः सुशीला रेग्मी÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर। पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने गरिन्थ्यो । घरको आँगन, पिँढीमा बसेर बाँसका विभिन्न सामग्री घरायसी प्रयोजनका लागि तयार पारिन्थ्यो ।

केहीले व्यापारिक प्रयोजनका लागि त केहीले घरको उपयोगको लागि मात्र बुन्ने गर्दथे । हिजोआज आँगन तथा पिँढीमा बसेर बाँसका सामग्री तयार पार्ने व्यक्ति गाउँमा खासै देखिँदैनन् । सहर नजिक भएका गाउँमा यो काम लगभग हराइसकेको छ भने डाँडाबस्तीमा भने कतैकतै देख्न सकिन्छ ।

बाँसजन्य सामग्री तयार पार्ने चलन गाउँमा हराउँदै गएको अवस्थामा पाल्पा रामपुर नगरपालिकास्थित रामपुर आधारभूत विद्यालयले भने बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत सामग्री बुन्ने सीप सिकाउन थालेको छ । विद्यालयले पढाइलाई प्रभावित नहुने गरी बाँसका सामग्री बनाउने सीप सिकाइरहेको छ ।

पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ गौतमले बाँसबाट गाउँघरमा प्रयोग हुने डोको, डालो, झोलुङ्गो, ढकिया, फोहरमलाई (डस्बिन) लगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको बताए । उक्त सीप सिकाउन गौतम स्वयं प्रशिक्षकका रूपमा खटिरहेका छन् ।

शिक्षण कार्यका अलवा पनि विद्यार्थीलाई हाम्रो दैनिक जीवनमा प्रयोगमा आउने वस्तु आफैँले उत्पादन गर्न सक्ने बनाउन, आधारभूत आवश्यकता आफ्नै सीपबाट पूरा गरुन् भनेर व्यवहारिक कुरामा जोड दिनका लागि बाँसबाट विभिन्न सामग्री सिकाउने गरिएको विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताए ।

‘हामीले दिनहुँ प्रयोग गर्ने सामग्री आफैँले बनाउन सीप सिकियो भने बाहिरबाट किनेर खर्च गर्नुपरेन, अर्कोतर्फ डोको, नाम्लो, डालो, झोलुङ्गो, ढकिया, फोहरमलाईलगायत सामग्री हाम्रो दैनिक जीवनमा प्रयोगमा आइरहेका हुन्छन्’, उनले भने, ‘निर्माणका लागि कच्चा पदार्थ गाउँमा प्रशस्त छन्, ती सामग्री उपयोगमा ल्याएका छौँ । विद्यार्थीले पनि उत्साहित भएर सीप सिकिरहनुभएको छ ।’

पढाइमा असर नपर्ने गरी खाली समय, विशेष गरी शुक्रबार कक्षा सकिएपछिको समय सदुपयोग गर्दै सीप सिकाउने गरिएको प्रधानाध्यापक शर्माले बताए । गाउँघरमा चलनचल्तीमा आएका तर घरमा बसेर सिक्ने वातावरण नहुँदा विद्यार्थीले सिक्ने वातावरण नपाएको अवस्थामा विद्यालयमा सिकाउन थालेपछि उनीहरू उत्साहित हुँदै सहभागी भइरहेका उनको भनाइ छ ।

‘विद्यार्थीले सामग्री तयार पारिदिएपछि आफैँ सिक्न खोज्छन्, कसले छिटो सामग्री तयार पार्ने भनेर प्रतिस्पर्धाका साथ सिकाइमा खटिएका छन्’, प्रधानाध्यापक शर्माले भने, ‘विद्यालय व्यवस्थापन समिति, अभिभावकले बाँस काटेर विद्यालयमा तयार पारिदिने गर्नुभएको छ, विद्यार्थीले विद्यालय परिसरमा बसेर बुन्ने गरिरहनुभएको छ ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले निःशुल्क बाँसजन्य सामग्री उपलब्ध गराएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई उक्त सीप सिकाउने गरिएको छ । ‘सुरुका समयमा कक्षाअनुसार सिकाउन थालेका थियौँ’, उनले भने, ‘पछि बाँसका सामग्रीका विषयमा जानकारी दिएपछि विद्यार्थीलाई एकै ठाउँमा राखेर सिकाइरहेका छौँ ।’

रामपुर नगरपालिकासहित पाल्पाका सबैजसो पालिकामा बाँसबाट उत्पादित सामग्रीको प्रयोग गर्ने गरिएको छ । हिजोआज गाउँघरमा बाँस काटेर सामग्री बनाउने क्रम भने कम हुँदै गएको छ । पाका पुस्ताले मात्रै बाँसबाट डोको, डालो, थुङ्से, भकारी, झोलुङ्गो, ढकिया, नाङ्लोलगायत सामग्री तयार पार्ने गर्छन् ।

नयाँ पुस्तामाझ सीप हस्तान्तरण नहुनु, युवाले सिक्ने चाहना नगर्नु, बाँसबाट बनेका सामग्रीले राम्रो बजार मूल्य कम पाउनु, रोजगार, व्यापार, व्यवसाय तथा वैदेशिक रोजगारीलाई बढी महत्त्व दिँदा बाँसका सामग्री बनाउने क्रम घट्दै गएको स्थानीय बताउँछन् । गाउँमा प्रशस्त बाँस उपलब्ध भए पनि तयार पार्ने व्यक्ति नहुँदा र सिक्ने इच्छुक व्यक्ति नहुँदा खेर गइरहेका छन् ।

गाउँका सामग्री सङ्कलन गरेर नयाँ पुस्ताले पनि सीप सिकेर आफूलाई आवश्यक पर्ने सामग्री तयार गर्न सकुन् भनेर विद्यालयले गरेको यस कार्यको प्रशंसा गर्दै स्थानीय समुदायले पनि सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले बताए । गाउँका वस्तु सदुपयोग गर्दै आवश्यक सामग्री निर्माण गरी प्लाष्टिकजन्य सामग्री खरिद गर्ने झन्झट हटाउन विद्यालयले यो अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

‘अहिलेका बालबालिकालाई बाँसबाट बनेका डोको, नाङ्लो, डालो, ढकिया, भकारी, थुङ्सेजस्ता सामग्री नौलो भएका छन्, कसरी केबाट ती सामग्री बन्छन् भन्ने जानकारी नै छैन’, अध्यक्ष गौतमले भने, ‘हाम्रा पुर्खाले घरमै बुन्नुहुन्थ्यो र पो हामीले जानियो, उपयोग गरियो । अहिले घरघरमा बुन्ने काम छाड्दै गइयो, विद्यालयमा भए पनि सिकाउन सकियो भने उनीहरुले आफ्नो लागि प्रयोगमा ल्याउने छन् ।’

घरमा बनाएको नदेखेपछि विद्यालयमा आएर सिक्न पाउँदा धेरै रमाइलो लागेको विद्यार्थी प्रयास अधिकारीले बताए । उनले गाउँघरमा बाँसबाट सामग्री तयार पारेको नदेखेको भन्दै विद्यालयमा विभिन्न खालका आकर्षक सामग्री बनाएर प्रयोग गर्दा खुसी लागेको उनको भनाइ छ ।

विद्यार्थी सुविन भण्डारी विद्यालयको शैक्षिक कार्य सकिएपछि बाँसका सामग्री बनाउन औधी मन पराउछन् । उनलाई सो सामग्री कति बेला तयार पारेर सकुँजस्तो उत्साह भइरहन्छ । उनले गाउँघरमा अहिलेसम्म बाँसबाट सामग्री तयार पारेको नदेखेको बताए । अहिले भने उनलाई बाँसबाट के–के सामग्री बन्छन्, कहाँ कसरी प्रयोगमा आउँछन् सबै कुराको राम्रो जानकारी छ ।

विद्यालयले सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीप, आदर, सत्कार, नैतिक शिक्षालगायत विषय पनि सिकाउने गरेको छ । यहाँका विद्यार्थीले घरमा बिहान साँझ दैनिक भान्छामा पाक्ने तरकारी उत्पादन, घर वरिपरि फलफूल लगाउने अभ्यासको थालनी गरेका छन् ।

विद्यालयमा हाल शैक्षिक प्रयोजनका लागि पाँच वटा भवन रहेका प्रधानाध्यापक शर्माले जानकारी दिए । फिल्टर गरेर खानेपानीको व्यवस्था, शौचालय, फूलबारी बगैँचा, शान्त र मनोरम वातावरण, खेलमैदान, शैक्षिक प्रयोजनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री, बालबालिकालाई खेल्दै सिक्ने वातावरण समेत रहेको उनले बताए ।

प्रधानाध्यापक शर्माका अनुसार हाल एक सय ८४ विद्यार्थी अध्ययनरत छन् । गत वर्ष यहाँ एक सय ५३ विद्यार्थी थिए । पछिल्लो समय विद्यालयको शैक्षिक वातावरण फेरिँदै जाँदा विद्यार्थी सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । पूर्वप्राथमिक कक्षादेखि ८ कक्षासम्म पठनपाठन हुँदै आएको यस विद्यालयले पछिल्लो समय शैक्षिक क्षेत्रमा फड्को मारेको छ । अहिले यो विद्यालय अवलोकनका लागि विभिन्न स्थानबाट शिक्षा तथा विद्यार्थीको समूह आउने गरेका विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्राथमिक तहअन्तर्गत स्थायी दरबन्दीमा चार, प्रावि र आधारभूत तह (कक्षा १ देखि ८ सम्म) राहत दरबन्दीमा एक/एक, आधारभूत तह अनुदान कोटामा एक, बाल विकास सहजकर्ता एक र निजी स्रोतबाट नौ जना शिक्षक कार्यरत रहेका विद्यालयले जनाएको छ ।

Previous Post

तनहुँमा प्लाष्टिक झोलामुक्त अभियान : पसल–पसलमा सचेतना कार्यक्रम

Next Post

पुटिनले छाने नयाँ प्रधानमन्त्री

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
पुटिनले छाने नयाँ प्रधानमन्त्री

पुटिनले छाने नयाँ प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In