• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने

by
२८ बैशाख २०८१,
0
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताए।

नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिए ।

बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली सङ्घमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताए । राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै सङ्घमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिए ।

राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतङ्कवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरे । उनले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए ।

राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो ।

Previous Post

कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द

Next Post

भारतद्वारा सुदूरपश्चिमको बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

सम्बन्धित खबर

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ अशोज २०८३,
Load More
Next Post
भारतद्वारा सुदूरपश्चिमको बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा सुदूरपश्चिमको बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In