• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप

by
१५ बैशाख २०८१,
0
पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत : जिल्लाका सात ओटै स्थानीय तहका ६० स्थानमा भएको आगलागीबाट एक हजार चार सय १७ हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ।

डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका आगलागीबाट ५५ ओटा सामुदायिक, तीन ओटा व्यक्तिगत र दुई ओटा राष्ट्रिय वनमा डढेलोले क्षति गरेको छ।

क्षतिको भएको वनको क्षेत्रफलअन्तर्गत सामुदायिक वनको एक हजार दुई सय ७८ हेक्टर, व्यक्तिगत वनको एक सय २० हेक्टर र राष्ट्रिय वनेका १९ हेक्टर क्षेत्रफलमा रहेको वन जङ्गल जलेको छ।

स्थानीय तह अनुसार हेर्दा कुश्मा नगरपालिकाका पाँच ओटा, मोदी गाउँपालिकाका २० ओटा, जलजला गाउँपालिकाका १० ओटा, महाशिला गाउँपालिकाका दुई ओटा, पैयुँ गाउँपालिकाका दुई ओटा, बिहादी गाउँपालिकाका दुई ओटा र फलेवास नगरपालिकाका १९ ओटा वनमा डढेलो लागेको छ।

जलजला गाउँपालिका–४ मा रहेको फेदी सौरेनी सामुदायिक वनको १० हेक्टर क्षेत्रफल र वडा नं. २, ३ र ४ मा रहेको ठूलो सल्लेरी भिरमुनि वनको ६८ हेक्टर क्षेत्रफलमा लागेको डढेलोले खानेपानी योजनाको पाइप लाइनसमेत जलेको छ। आगलागी भएकोमध्ये सबैभन्दा बढी मोदी गाउँपालिका–६ तिलाहार स्थित थामार्जुङ सामुदायिक वनमा लागेको डढेलोले एक सय ७५ हेक्टरमा क्षेत्रफलमा रहेको वन सखाप भएको छ।

गत चैत दोस्रो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन। गत चैत्र २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला गाउँपालिका–५ को सिमल्टेचोर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियो।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। हरेक वर्ष लाग्ने डढेलोले वन र वन्यजन्तु सहित मानवीय र मानवीय भौतिक संरचना लगायतमा ठूलो क्षति हुने गरेको छ।

धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालय पर्वतले बताएको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको कार्यालय प्रमुख सापकोटा बताउँछन्।

डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सञ्चार माध्यममा प्रचारप्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिनुका साथै तीन ओटै सुरक्षा निकायलाई एक-एक ओटा अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शनसमेत गरिएको उनको भनाई छ।

पर्वतमा वनहरूमा फैलिएका डढेलोहरू मानवीय कारण नै हुन्। वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण हुन्। प्रहरीले आगलागी गर्नेहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ। वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ।

पर्वतको कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये २७ हजार छ सय ४० हेक्टर अर्थात् ५१ प्रतिशत क्षेत्रफलमा वन फैलिएको छ।

Previous Post

लगानी सम्मेलनको पूर्वसन्ध्यामा अघि बढ्यो नेपालको सार्वभौम साख मूल्याङ्कन प्रक्रिया

Next Post

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

सम्बन्धित खबर

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
आवाज

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आवाज

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

१८ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
Load More
Next Post
पचासी लाखमा वडा कार्यालय भवन निर्माण

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In