• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल प्रहरीमा रिक्त चार डिआइजीका लागि कति छन् प्रतिस्पर्धी ?

by
१३ बैशाख २०८१,
0
तिहारमा आपराधिक घटना कम, सवारी दुर्घटना बढी– प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाका लागि रस्साकस्सी सुरु भएको छ । रिक्त रहेको तीन र जेठमा रिक्त हुने एकसहित चार सिटका लागि रस्साकस्सी सुरु भएको हो ।

वैशाख ७ गते एआइजीद्वय सन्दीप भण्डारी र मिरा चौधरी तथा डिआइजी विकास खनालको अनिवार्य अवकाश भएको थियो ।
भण्डारी र चौधरीको स्थानमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशी र भीम ढकाललाई बढुवा सिफारिस गरेपछि तीन डिआइजी खाली भएको हो । यस्तै जेठको पहिलो हप्ता सुरेन्द्र मैनालीको अवकाशपछि चार सिट खाली हुनेछ ।

उनीहरुको स्थानमा त्रिभुवन विमानस्थलमा रहेका एसएसपी कृष्णहरि शर्मा पोखरेल एक जनाको बढुवा कन्र्फम भएपनि अन्यको हकमा भने उनीभन्दा पछिल्ला व्याचीहरु प्रतिस्पर्धी छन् ।

२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन् । यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् ।

उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका थिए । पोखरेल भने एआईजी दीपक थापाका भर्ना ब्याची हुन् । उनी २०५२ भदौमा भर्ना भएका थिए हाल विमानस्थल सुरक्षागार्ड प्रमुखका रुपमा थापाकै मातहतमा कार्यरत छन् ।

यी बाहेक २०७९ साउनमा एसएसपी भएका ३२ जना पनि बढुवाका लागि दावेदार छन् । उक्त टोलीमा पहिलो नम्बरमा रहेका गणेश चन्द वर्तमान आईजीपी कुँवरका भर्ना ब्याची हुन् । चन्दका श्रीमती दुर्गा सिंह कुँवर यसअघि नै डिआइजी भैसकेका छन् । अन्य ३१ जना २०५३ पुस र २०५४ चैतमा भर्ना भएको टोलीका छन् ।

उनीहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोलीबाट २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । सिद्धिविक्रम शाह, सुशीलसिंह राठोर, उमाप्रसाद चतुर्वेदीलगायत थुप्रै अधिकृत त्यतिबेला नेपाल प्रहरीमा समायोजन भएका थिए । तर, एसएसपीमा बढुवा हुँदा उनीहरुसँग नेपाल प्रहरीमा २०५४ चैतमा भर्ना भएको टोली पनि मिसिएको थियो ।

२०७९ साउनमा एसएसपी भएका ३२ जनामध्ये चन्दपछि शाह, राठोर र चतुर्वेदी क्रमशः शीर्ष तीनभित्र छन् । त्यसपछि क्रमशः रहेका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ २०५४ चैतको भर्ना टोलीका हुन् । यीमध्ये शाहले ललितपुर प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन् । कार्कीले काठमाडौं प्रहरी प्रमुख र केसीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेर काम गरेका छन् ।

यीबाहेक अन्यले यी चार वटा ठाउँमा काम गरेका छैनन् । श्रेष्ठले मानव वेचविखन नियन्त्रण व्यूरो प्रमुख भएर अहिले ट्राफिकमा कार्यरत छन् । डिआइजी बढुवामा अहिले पोखरेल र चन्दका अतिरिक्त कार्की र केसीलाई बढुवा गर्नुपर्ने आवाज प्रहरीभित्रबाटै आएको छ । पछिल्लो समय प्रहरीभित्र ज्येष्ठता कि कार्यक्षमता अनुसार बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा एसएसपीबाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा रोकिएको छ ।

Previous Post

अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग

Next Post

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In