• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

by
११ बैशाख २०८१,
0
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ ।

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसङ्घको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ ।

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्युएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ ।

‘प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्’, डब्ल्युएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भने, ‘जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने वातावरणमाथि गहिरो प्रभाव पारेको छ ।’

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ ।

‘सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ’, डब्ल्युएमओले भनेको छ । सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो। यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो ।

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दू कुश पर्वत शृङ्खलामा वर्षा सामान्यभन्दा कम भएको थियो ।

यसैबीच गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुपर्यो । वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो। तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एसिया क्षेत्र अर्थात ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठूलो मात्रा विद्यमान छ ।

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको छ भन्दै डब्ल्युएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ वटा हिमनदीमध्ये २० वटामा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ । सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ ।

गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन्। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए । यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

प्राकृतिक प्रकोपका घटनाहरूमा एसियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्युएमओले भनेको छ, ‘सन् २०२३ मा रिपोर्ट गरिएका घटनाहरूमा मृत्युको प्रमुख कारण बाढी थियो ।’

हङकङमा सेप्टेम्बर ७ मा एक घन्टामा एक सय ५८ दशमलव एक मिलिमिटर वर्षा रेकर्ड गरियो। आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्डहरू राख्न सुरु भएयता यो सबैभन्दा उच्च थियो ।

डब्ल्युएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीहरूलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाहरूको तत्काल आवश्यकता रहेको बताएको छ ।

‘हाम्रो कार्य र रणनीतिहरूले यो समयको जरुरीतालाई प्रतिबिम्बित गर्न आवश्यक छ’, डब्ल्युएमओका प्रमुख साउलोले भने, ‘हरित गृह ग्यास उत्सर्जन घटाउनु र विकसित जलवायुमा अनुकूलन गर्नुको विकल्प नभए पनि आधारभूत आवश्यकता हो ।’

Previous Post

मधुमेहका बिरामीलाई गर्न सकिने घरेलु उपचार विधि

Next Post

कुकिङ टिप्सः दरबार पुलाउ र पनिर प्यूरी बनाउने विधि

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
कुकिङ टिप्सः दरबार पुलाउ र पनिर प्यूरी बनाउने विधि

कुकिङ टिप्सः दरबार पुलाउ र पनिर प्यूरी बनाउने विधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In