• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लगानी सम्मेलनमा को को नेपाल आउँदैछन् ?

by
९ बैशाख २०८१,
0
लगानी सम्मेलनमा को को नेपाल आउँदैछन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मध्य वैशाखका लागि तय भएको लगानी सम्मेलनका लागि नेपालले करिब १४ सय वटा निम्तो पठाएकोमा ६०० भन्दा बढीले सहभागिता जनाउने पक्का गरेको अधिकारीहरूले जनाएका छन्।

नेपालले निम्तो पठाएको उक्त सूचीमा १२१ वटा देशका ५० उच्च अधिकारी पनि समावेश थिए। शुक्रवार अपरान्हसम्म ४३ देशबाट ६०० भन्दा बढीले सहभागीता जनाउने प्रतिवद्धता गरेका छन्।

दक्षिणी छिमेकी भारतमा आम चुनाव भइरहेको समयमा नेपालमा हुन लागेको यो सम्मेलनलाई मध्यपूर्व अनि रुस-युक्रेनको जारी द्वन्द्वले पनि प्रभाव पार्नसक्ने कतिपयले ठानिरहेका छन्।

विज्ञहरूले लगानी सम्मेलनलाई एउटा औपचारिक कार्यक्रम मात्रै नभई क्षेत्रगत आधारमा सम्भावित लगानीकर्ताहरूसँग सम्बन्ध विस्तार गर्ने मौकाका रूपमा सम्बद्ध निकायहरूले सदुपयोग गर्नुपर्ने टिप्पणी गरिरहेका छन्।

को को आउँदैछन्?
अहिलेसम्म अधिकारीहरूले सम्मेलनमा सहभागिता जनाउने उच्च तहका प्रतिनिधिहरूबारे खुलाइसकेका छैनन्।

तर उनीहरूका अनुसार सरकारले चिठ्ठी पठाएर निम्तो गरेका १,४०० भन्दा बढी पाहुनामध्ये कतिपयलाई अर्थमन्त्री स्वयंले पत्र लेखेका थिए।उच्च तहका ५० जनाबाहेक विदेशस्थित नेपाली दूतावासले सिफारिस गरेका र निजी क्षेत्रले नाम सुझाएकाहरूलाई पनि निम्तो गरिएको थियो।

विकास साझेदार, बहुराष्ट्रिय ब्याङ्कहरू, राष्ट्रसङ्घीय निकायहरू, विदेशी कूटनीतिक नियोग र अवैतनिक महावाणिज्यदूत तथा लगानी बोर्डकै सम्पर्कमा रहेका लगानीकर्ता र ऋणदाता आमन्त्रितको सूचीमा थिए।तर सहभागिता पुष्टि गरेकाहरूको सूचीमा ४३ भन्दा बढी देशका ६००जना भन्दा बढी रहेको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए।

उनका अनुसार नेपालबाट झन्डै डेढ सय जना सहभागी हुने उक्त सम्मेलनमा सबैभन्दा धेरै सहभागी भारत र चीनका छन्भारतबाट ९७ जना र चीनबाट ८२ जना सहभागी हुने पुष्टि भएको छ।

सहभागिता जनाउने पक्का गर्नेमा अधिकांश नेपालमै रहेका कूटनीतिक नियोग एवं विकास साझेदार निकायका प्रतिनिधिहरू रहेका छन्। केही सङ्ख्यामा भारत र चीनका लगानीकर्ता एवं तीनका नेपाली प्रतिनिधि र नेपालको निजी क्षेत्र तथा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिहरू छन्।सम्मेलनमा आउने पक्का गरेकामध्ये कतिपय नेपालमा नै यसअघिबाटै व्यवसाय सञ्चालन गरिरहेका समूहहरू छन्।अघिल्लो सरकारले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भनी व्यापक प्रचार गरेका भारतको अडानी समूहका कुनै पनि प्रतिनिधि सहभागिता पुष्टि गर्नेको सूचीमा छैनन्।

कुन कुन परियोजना प्रस्तुत गरिदैँछन् ?
सरकारले वैशाख १६ र १७ गते चल्ने उक्त सम्मेलनमा ९ वटा समूहमा परियोजनाहरू प्रस्तुत गर्ने जनाएको छ। त्यसमध्ये २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास/कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने प्रवक्ता उपाध्याय बताउँछन्।२ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरका कम्तीमा चारवटा परियोजनाको विकास/कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ।

त्यसमा ७८६ मिलिअन अमेरिकी डलर (१ खर्ब चार अर्ब रुपैयाँ) को चीन नेपाल मैत्री औद्योगिक पार्क, ६४७ मिलिअन अमेरिकी डलर (८५ अर्ब ८३ करोड रुपैयाँ) बराबरको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना र १५८.५ मिलिअन डलर (२१ अर्ब ०२ करोड रुपैयाँ) बराबरको कोहलपुर र वाणगङ्गामा ४० मेगावाट क्षमताको सोलार परियोजनाको परियोजना विकास सम्झौता समेटिएको छ। ती सबै चिनियाँ लगानीका परियोजना हुन्।

त्यसबाहेक डाबर नेपाल प्राइभेट लिमिटेडसँग ९ अर्ब ६८ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको क्षमता विस्तार र उत्पादन विविधीकरणसँग सम्बन्धित परियोजना कार्यान्वयन सम्झौता हुने भनिएको छ।सहसचिव उपाध्यायले सम्मेलनमा प्रस्तुत गर्न सिफारिस गरेका ३१ सहित १४८ वटा परियोजना सम्मेलनमा अघि सारिने जनाए। ऊर्जा, जलविद्युत आयोजना, खानी, केबलकारजस्ता क्षेत्रका पूर्वाधार यो सूचीमा छन्।

त्यसमध्ये कतिपयका लागि आशय पत्रको आह्वान गर्ने, कतिपयबारे प्रस्तुति दिने, कतिपयबारे अध्ययन पुरा भएको तर लगानीको जोहो गर्न बाँकी रहेको जानकारी सम्भावित लगानीकर्तालाई दिने तयारी लगानी बोर्डको छ।

विज्ञले अहिलेसम्मको तयारीलाई कसरी हेरेका छन् ?
विज्ञहरूले लगानी सम्मेलन आयोजना गर्नु निक्कै चुनौतीपूर्ण काम भएको भन्दै अहिलेको विश्वव्यापी परिवेशमा नै बाह्य लगानी आकर्षित गर्नु सहज नभएको बताउने गरेका छन्।सार्वजनिक पूर्वाधारमा लगानीबारे एक जना विज्ञ घनश्याम ओझा लगानी सम्मेलन गर्ने बित्तिकै लगानी नआईहाल्ने बताउँछन्।

उनले भने, “लगानी सम्मेलन भनेको लगानीको लागि वातावरण बनाउने एउटा तयारी हो। तर पछिल्लो कालमा लगानीको लागि उत्साह कम छ। कोभिड-१९ महामारीपछि धेरै जसो मुलुकहरू आफ्नैमा लगानी गरौँ भन्नेमा छन्। विश्वव्यापी रूपमा नै बाहिर लगानी गर्ने प्रवृत्ति कम नै छ र यो क्षेत्रमा पनि प्रत्यक्ष वैदेशिक लगानी कम देखिएको छ।”

लगानी सम्मेलनका लागि कम्तीमा १ वर्षदेखि निरन्तर तयारी गर्नुपर्ने उल्लेख गर्दै उनले लगानी बोर्ड एक्लैले भन्दा पनि सबै सरकारका निकायहरूको सक्रिय सहभागितामा मात्रै यस्ता सम्मेलन परिणाममुखी हुने धारणा राखे।

उनले थपे, “परियोजनाको तयारी, नीति नियम, कानुनको संशोधन वा सुधार अनि लगानीकर्तासँग अगाडीबाटै पत्राचारहरू भयो भने त्यो परिणाममुखी हुन्छ। धेरै जना मानिसहरूलाई एकै ठाउँमा ल्याउनु कुनै किसिमले राम्रो होला तर लगानी भित्र्याउन निश्चित समूहहरूसँग कुरा गर्नुपर्छ। जस्तो ऊर्जा सम्बन्धी परियोजना भयो भने धेरै किन चाहियो हामीलाई, ५ वटा या १० वटालाई हामीले छानेर छलफल गर्नुपर्छ र त्यो लगानी सम्मेलन हुनु धेरै अघि नै हामीले सकिसक्नुपर्छ।”

यसपालिको लगानी सम्मेलन लोकतान्त्रिक ब्यवस्थापछि तेस्रो हो। सम्मेलन भन्दा झन्डै डेढ साताअघि अधिकारीहरूले यसमा प्रस्तुत गरिने परियोजनाहरू सार्वजनिक गरेका थिए।ओझा परियोजना र तीनीसँग जोडिएका नीति नियमबारे लगानीकर्तासँगका छलफल सम्मेलनको धेरै अघि थालिएमात्रै सम्मेलनले परिणाम दिने र लगानीकर्ताले पनि उच्च तहमा प्रतिनिधिहरू सहभागी गराउने बताउँछन्।

अबको बाटो के हुनुपर्छ ?
अधिकारीहरूले लगानी सम्मेलनमा आयोजना हुने विभिन्न सत्रका वक्ताहरूको नाम टुङ्गो लगाउन र सम्मेलनमा भाग लिने व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिन आफूहरूले काम गरिरहेको बताएका छन्।

ओझाजस्ता यो क्षेत्रमा काम गरिरहेका कतिपय विज्ञहरूले परम्परागत ढाँचाको लगानी सम्मेलनको सट्टा लगानीका सम्भावित क्षेत्रहरू छुट्याएर विशिष्ट किसिमका अन्तरक्रियाहरू नेपालले अघि बढाउनुपर्ने ठान्छन्।लगानी सम्मेलनअघि नै विभिन्न कानुनहरूको संशोधन गरी लगानीमैत्री वातावरण बनाउन सरकारी कार्यदलले नै सिफारिस गरेको थियो।

तर त्यस्तो कानुन प्रतिनिधिसभामा दर्ता हुनु अगावै सत्तापक्ष र विपक्षी दलहरूबीचको मतभेदका माझ सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ।अब उक्त प्रस्तावित विधेयक अध्यादेशको रूपमा आउनसक्ने ठानिएको छ।

वैदेशिक लगानीमा तगारो बनिरहेका कानुनहरू संसदले अनुमोदन गरेको अवस्थामा सकरात्मक सन्देश प्रवाह हुने ठानेका ओझा लगानी सम्मेलन अघि कानुन परिमार्जन नभए त्यसले नकारात्मक असर पुर्‍याउनसक्ने बताउँछन्।

उनले भने, “अध्यादेशबाट गर्दा सन्देश कमजोर जान्छ। अध्यादेश फेरी संसद्ले अनुमोदन नगरे के होला भन्ने संशय लगानीकर्ताहरूलाई भइराख्ने भयो। अहिले कमजोरी भएको हामीले स्वीकार गर्नैपर्छ। यो अवस्थामा अध्यादेश पनि ल्याउन सकेनौँ भने फेरि मानिसहरूलाई नेपाल आयौँ घुम्यौँ जस्तो मात्रै हुन जान्छ सम्मेलन। हाम्रो खर्च र मेहनत व्यर्थमा जान्छ कि भन्ने डर मलाई लागेको छ।”उनले लगानी सम्मेलनमा सहभागी हुने सम्भावित लगानीकर्ताहरूसँग सरकारले मूल कार्यक्रमबाहेक अन्य ढङ्गले पनि अन्तरक्रियाहरू गर्नुपर्ने बताए।

नेपालले पछिल्लो लगानी सम्मेलन आयोजना गरेको सन् २०१९ यता पाँच खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको एउटा आँकडाले देखाउँछ।लगानी बोर्डले पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ।त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको भनाई छ।

भारत र अमेरिकासहित संसारका कैयौँ मुलुकहरूमा यो वर्ष चुनाव भइरहेका छन्। कतिपय प्रतिवेदनहरूले भ्रष्टाचार, दण्डहीनताजस्ता प्रवृत्ति नेपालमा मौलाएको भन्दै त्यो लगानीको बाधक भएको उल्लेख गर्ने गरेको पाइन्छ।

बीबीसी

Previous Post

मेरी श्रीमतीकाे खानामा शौचालय सफा गर्ने केमिकल मिसाइयो : इमरान खान

Next Post

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In