• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

by
७ बैशाख २०८१,
0
घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने पिर छैन । पाँच वर्ष यहाँ घरबास सञ्चालन गरेर प्राप्त भएको आम्दानीले उनलाई आत्मनिर्भर बनाएको छ ।

पाँच वर्षअघि कावासोती–१० मा चिलाहा रतवल सामुदायिक ग्रामीण घरबास सञ्चालन भएपछि महतोजस्तै यहाँका महिलाको क्षमता विकाससँगै आर्थिक विकासमा समेत सहयोग पुगेको छ । ‘पहिले केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्यो, आम्दानी पनि भएकै छ’, घरबास सञ्चालक रेशमकुमारी महतोले भनिन्। घरबासमा आउने पाहुनालाई थारू संस्कृति प्रस्तुत गर्ने, थारू समुदायका परिकार खुवाउने र त्यसैबाट आम्दानी हुने गरेको उनले बताइन्।

घरबास सञ्चालनले आम्दानीसँगै महिलाको क्षमता विकासमा सहयोग पुगेको छ । खेतीपाती, पशुपालनमा रमाउने महिला अहिले पाहुनाको स्वागतमा व्यस्त हुन्छन् । ‘पहिले खासै अरुसँग राम्रोसँग बोल्न पनि लाज लाग्थ्यो, तर अहिले नबोली व्यवसाय चल्दैन, घरबासले बोल्न पनि सिकायो’, रेशमकुमारीले भनिन्।

बालकुमारी र रेशमकुमारी जस्तै घरबास सञ्चालन गर्ने अन्य महिलामा समेत यो परिवर्तन आएको छ । घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्याएको छ ।

थारू समुदायको बाहुल्य रहेको चिलाहा गाउँ, सदरमुकाम कावासोतीमै पर्ने भएपनि पिछडिएको थियो । निम्न आयश्रोत र मध्यवर्ती नजिकै पर्ने हुँदा जंगली जनवारले दुख दिने अन्नबाली लगायो । गैंडा मयुर बँदेलले खाइदिने, पशुपक्षी अजिंगर, स्याल लगायतका जनवारले खाइदिने ।

जसका कारण पनि यहाँका समुदायको जीवन स्तर माथि उठ्न सकेको थिएन । तर घरबास सञ्चालन पछि अहिले गाउँको मुहार फेरिएको र समुदायको जीवन स्तर पनि माथि उठेको रेशम कुमारी महतोले बताइन्।

घरबास सञ्चालनको सबैजसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायत काम महिलाहरू मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबासमा अहिलेसम्म आन्तरिक र बाह्य गरी ११ हजार हाराहारी पर्यटकको आगमन भएको घरबासका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताए ।

यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसेजस्तो अनुभव गर्न पाउँछन् । अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी गरेका छन् । यहाँ पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो ।

मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयुर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने घरबास सहयोगी भएको कावासोती–१० का वडाध्यक्ष टेकनारायण महतोले बताए।

Previous Post

हाम्रा केही खराब बानीले दिमागलाई भुत्ते बनाइरहेको हुनसक्छ

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In