मानिसहरु खुट्टाले उभिन्छन् कि टाउकोले ? यसको अकाट्य जवाफ हुन्छ– खुट्टाले । तर मानिस त गजबका पनि भेटिन्छन् यो दुनियाँमा ।
भारतको इन्फालका एक जना अनौठा न्यायाधीश थिए । गोसेन नगर ती न्यायाधीश जहिले पनि टाउकोले उल्टो उभिएर फैसला गर्ने गर्थे । उनले सन् १८५२ देखि १८७१ सम्म १८ वर्ष टाउकोले उल्टो उभिएरै न्यायालयमा मुद्दाको सुनुवाई गरिरहे । यसरी टाउकोले उल्टो उभिएर न्याय दिने ती न्यायाधीशलाई ‘उल्टो देख्ने’ विचित्रको रोग लागेको थियो । सधैँ उल्टो उभिएर न्याय दिने न्यायाधीश देखेर मानिसहरु चकितै हुन्थे ।
साभार: ‘रोचक तथ्य’ पुस्तकबाट













