• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इलाम महाभिडन्तः मिलन ‘पुपलर’ सुहाङ र डम्बर संगठीत, सुहाङ पक्का !

by
३ बैशाख २०८१,
0
इलाम महाभिडन्तः मिलन ‘पुपलर’ सुहाङ र डम्बर संगठीत, सुहाङ पक्का !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १५ गते उपनिर्वाचन हुने हुने इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपाली जम्मा चार सय २२ जना बढी मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा जम्मा ११४ मतान्तरले जितेको एमालेलाई अहिले उसलाई आफ्नो विरासत फर्काउन चुनौती देखिएको छ । सुवास नेम्वाङको व्यक्तिगत छवि र राष्ट्रिय नेताको हिसाबले पनि उनलाई धेरै मत गएकोमा अहिले त्यो मत जोगाउन एमालेलाई चुनौती देखिएको हो ।

यद्यपी विरासतका साथै सुवास नेम्वाङ प्रति देखिएको सहानुभुतिको मत तान्न सकिने बुझाईले पनि एमालेले उनैका छोरा सुहाङ नेम्वाङलाई अघि सारेको छ । अघिल्लो निर्वाचनमा पाँच दलिय सत्ता गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिदा, एमालेका सुवास नेम्वाङले तीस हजार २० मत प्राप्त गर्दै विजय भएका थिए । पुरानो सत्ता गठबन्धनबाट साझा उम्मेद्वार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उन्तीस हजार नौ सय छ मत प्राप्त गर्दै दोस्रो बनेका थिए । अहिले एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउँदा कांग्रेसले भने डम्मरबहादुर खड्कालाई नै दोहोराएर टिकट दिएको छ ।

पछिल्लो समय फेरीएको राजनीतिक समिकरणले पनि चुनावलाई प्रभाव पार्न सक्ने देखिएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको माओवादीले यसपाली एमालेलाई समर्थन गरेको छ । जनता समाजवादी पहिचानवादीको पक्षमा उभिदा एकीकृत समाजवादीले एक्लै उम्मेद्वारी दिएको छ । यसले नेपाली कांग्रेसलाई नोक्सान पु¥याउने देखिएको छ । कांग्रेस भित्रको गुटगत राजनीतिले पनि चुनावलाई प्रभाव पार्न सक्ने देखिएको छ । यद्यपी कम्युनिष्टको किल्ला भत्काउने अवसरका रुपमा हेरेको कांग्रेसले यसपाली आफ्नो संगठनलाई बलियो बनाउँन सके चुनाव जित्नेमा विश्वस्त देखिएको छ ।

समातुपातिक तर्फको मतपरिणालेपनि यहाँ एमाले सबै भन्दा अघि देखिन्छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेलाई २९ हजार ५ सय ६२ मत प्राप्त हुँदा कांग्रेसलाई २२ हजार २ सय ३३ मत प्राप्त भएको थियो भने माओवादीलाई ५ हजार १ सय ५३ मत प्राप्त भएको थियो । अहिले माओवादी केन्द्रले समेत एमालेलाई समर्थन गर्दा, सुहाङलाई सहज देखिएको छ । अघिल्लो निर्वाचनमा नेशनल मंगोल अर्गनाइजेसनका मिनबहादुर लिम्बुले १३ हजार ८० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १ हजार ३ सय ६३ मत प्राप्त गरेका थिए ।

समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ हजार ६ सय ८६ मत प्राप्त हुँदा नेशनल मंगोल अर्गनाइजेसनले १ हजार ६ सय ६१ मत पाएको थियो । अहिले स्वतन्त्र पार्टीले केही समय अघि मात्रै माओवादी परित्याग गरेका मिलन लिम्बुलाई समर्थन गरेको छ । पत्रकारीता क्षेत्रबाट राजनीतिमा होमिएका लिम्बु कट्टर पहिचानवादी हुन । जसले केही पहिचानवादीको मत, केही लिम्बुको व्यक्तिगत मत र केही पार्टी सभापति लामिछानेको व्यक्तित्वको मत पनि तान्न सक्ने भएकाले, यसपाली स्वतन्त्र पार्टीको मत बढ्न सक्ने देखिएको छ ।

अघिल्लो निर्वाचनमा विभिन्न समुहमा विभाजित पहिचानवादीहरु यसपाली एक भएर डगेन्द्रसिह थेगिमलाई साझा उम्मेद्वार बनाएका छन् । कोशी प्रदेशको नाम पुन नामांकरण गर्नु पर्ने माग सहित एक वर्ष देखि संघर्ष गर्दै आएका ४१ वटा समुहले थेगिमलाई समर्थन गरेका छन भने स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले पनि थेगिमलाई नै समर्थन गरेका छन् । पहिचानवादीको वर्चश्व रहेको इलाममा पहिचावादीको एकता र हर्क साम्पाङको समर्थनले पनि ठूलो अर्थ राख्ने देखिएको छ ।

केन्द्रबाट माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने निर्णय गरेको भएपनि, इलाममा सबै माओवादीको भोट एमालेलाई ट्रान्स्फर हुने देखिदैन । किनकि इलाममा एमालेलाई पहिचानविरोधी पार्टीका रुपमा चित्रण गरिन्छ भने त्यहाँ धेरै माओवादी नेताहरु पहिचानवादी छन् । त्यसैले चार हजार मत भएको माओवादीको आधा भोट पहिचानवादीलाई जान सक्ने अनुमान छ । पहिचानवादीको मुद्धा पेचिलो बन्दै गएकाबेला यो निर्वाचनमा पहिचानवादीले मत बढाउने देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीले समेत उम्मेद्वारी दिएको भएपनि अघिल्लो निर्वाचनको मत परिणामले भने उनीहरु कमजोर रहेको देखाउँछ । १२ राजनीतिक दल सहित आठ स्वतन्त्र उम्मेद्वारी गरी २० जनाले उम्मेद्वारी दर्ता गराएको इलाम दुईमा सबैले चुनावी मतपरिणाम आफ्नो पक्षमा पर्ने दाबी गर्दै आएका छन् ।

तर पछिल्लो राजनीतिक घटना क्रम, फेरीएको राजनीतिक समिकरण र अघिल्लो निर्वाचनको मतपरिणामले भने मुलत एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्मर खड्का, स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादी डगेन्द्र सिंह थेगीम चार जनाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Previous Post

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

Next Post

के प्रेममा छन् इब्राहिम खान र पलक तिवारी?

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
के प्रेममा छन् इब्राहिम खान र पलक तिवारी?

के प्रेममा छन् इब्राहिम खान र पलक तिवारी?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In