जाइजेन्टेक्टिस नामको माछाको प्रजाति अनौठो ढंगले लाइट बोकेर हिँड्ने गर्छ ।
समुद्रको ६,००० फिट गहिराइमा विचरण गर्ने यो माछाको टाउकोमा जोडिएको एउटा लामो पातलो हाडजस्तो अंगको टुप्पोमा अनौठो तेज (प्रकाश) पैदा हुन्छ ।
जब यो माछा समुद्रको अन्धकार गहिराइमा यताउति चल्छ तब उक्त टर्चजस्तो लाइट बालेर हिँड्छ । यसले गर्दा माछाको बाटो प्रकाशमय हुन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













