• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इन्कोग्निटो पनि असुरक्षित ? नागरिकको गोपनीयता कायम राख्ने गुगलको प्रतिबद्धता

by
२२ चैत्र २०८०,
0
इन्कोग्निटो पनि असुरक्षित ? नागरिकको गोपनीयता कायम राख्ने गुगलको प्रतिबद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन डिसी । लोकप्रिय अनलाइन सर्च इन्जिन गुगलले व्यक्तिको गोपनीयता कायम गर्ने सम्बन्धमा ‘इन्कोग्निटो’ (इन्कोग्निटो भनेको व्यक्तिले गरेको गतिविधि डेटा उपकरणमा सुरक्षित गरिएको वा साइन इन नगरेको खातामा राखिएको छैन भन्नु हो) मोडबाट इन्टरनेट ब्राउजिङ गर्दा डाटा सङ्ग्रह गरिएको छ भन्ने चासोबीच त्यसलाई सुरक्षित गर्न आफूहरु तत्पर रहेको जानकारी दिएको छ ।

‘ब्राउन–गुगल’ को मुद्दामा सोमबार भएको सम्झौतामा ‘इन्कोग्निटो मोड’ मार्फत् सङ्कलन गरिएका वेब ब्राउजिङ डाटाका अरबौं रेकर्डलाई नष्ट गर्ने प्रावधानहरू समावेश गरिएको ‘द भर्ज’ (द भर्ज भनेको पत्रकारहरूको टोली हो जसले भविष्यमा कसरी प्रविधिले जीवन परिवर्तन गर्नेछ भनेर जाँच गर्दछ ।) को प्रतिवेदनले उल्लेख गरेको छ । साथै भर्जले इन्कोग्निटो मार्फत् गैरकानूनी रूपमा गुगलका प्रयोगकर्ताहरुका गतिविधिहरू अनलाइन ट्रयाक गरिरहेको आरोप सन् २०२० मा लगाएको थियो ।

गुगलका प्रवक्ता जोजे कास्टानेडाले ब्राउनका तर्फबाट पाँच अर्ब अमेरिकी डलरको बिगो माग गरिए पनि न्यायाधीशको फैसलाबाट ब्राउनले कुनै क्षतिपूर्ति भने नपाउने बताएका छन् । कास्टानेडाले अगाडि भन्नुभयो, गुगलको इन्कोग्निटो मोडमा डाटा सङ्कलन गर्ने अभ्यासहरूका सम्बन्धमा थप पारदर्शिता ल्याउने र भविष्यमा डाटा सङ्कलन गर्ने प्रयासहरूमा यसले सीमा लगाउने छ ।

क्यालिफोर्निया सङ्घीय न्यायाधीशले यो मुद्दालाई अनुमोदन गरेमा यसबाट करिब १३ करोड ६० लाख गुगल प्रयोगकर्ताहरूलाई असर गर्न सक्छ । अदालतमा गुगलले बुझाएको प्रतिवेदनमा गुगलमा सङ्ग्रह भएको व्यक्तिका डेटालाई हटाउन वा नचिनिने बनाउन करिब ५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

भर्जका अनुसार यो सम्झौताले वास्तविक जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने र इन्टरनेटमा रहेको गोपनीयताको अधिकारलाई सुधार गर्ने र कायम राख्ने दिशामा महत्वपूर्ण कदमको रूपमा रहेको छ ।

गुगलका प्रवक्ता कास्टानेडाले यो मुद्दा योग्य नरहेकामा जोड दिँदै सम्झौताप्रति सन्तुष्टि व्यक्त गरे । मध्यस्थता सम्झौताका लागि उजूरीकर्ताका तर्फबाट पाँच अर्ब अमेरिकी डलर राखिए पनि उनीहरूले कुनै क्षतिपूर्ति नपाउने कास्टानेडाले स्पष्ट गरे । तर कुनैपनि व्यक्तिले आफूलाई नोक्सानी भएको भन्दै क्षतिपूर्ति दाबी गर्न सक्ने बताए ।

कम्पनीले प्रयोगकर्ताहरूलाई पाँच वर्षसम्म इन्कोग्निटो मोडमा रहेका कुकीहरू ब्लक गर्न सक्षम बनाउने वाचा गर्दै प्रवक्ताले ब्राउजिङका क्रममा प्रयोगकर्ताहरूको निगरानी गर्नबाट रोकिने उनले बताए ।

यस सहमतिसँगै व्यक्तिहरूलाई क्यालिफोर्निया राज्यको अदालतमा मुद्दा दायर गर्न बाटो खुलेको छ । यसअघि नै ५० जनाले गोपनीयता हनन् भएको जनाउँदै मुद्दा दायर गरिसकेका छन् । गुगलले प्रयोगकर्ताको गोपनीयताको इन्कग्निटो मोड प्रयोग गर्दा व्यक्तिगत प्रयोगकर्तासँग सम्बन्धित नभएको पुरानो प्राविधिक डेटा मेटाउन आफ्नो तत्परता रहेको जानकारी गराएको छ ।

प्रयोगकर्ताको गोपनीयता अधिकारहरूलाई बलियो बनाउन र डिजिटल क्षेत्रमा अझ बढी जवाफदेहितालाई बढावा दिनका लागि यो महत्वपूर्ण कदम हुने उनले बताए ।

Previous Post

अमेरिकी निजी क्षेत्रको रोजगारी सङ्ख्यामा सुधार

Next Post

चट्याङ पूर्वानुमान मेसिन परीक्षणकालमै बिग्रिएपछि…

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
चट्याङ् लागेर सर्लाहीमा एक जनाको मृत्यु

चट्याङ पूर्वानुमान मेसिन परीक्षणकालमै बिग्रिएपछि…

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In