• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, १४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

    एनआरएनका लागि सेयर बजार खुला !

    एनआरएनका लागि सेयर बजार खुला !

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    ३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार

२१ चैत २०८०,
0
कृष्णगण्डकी परियोजनामा चार करोडको पूर्वाधार
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गलकोट (बागलुङ), २१ चैत : एक वर्षअघि देखि निर्माण थालिएको बृहत् कृष्णगण्डकी परियोजनालाई तीर्थस्थलका रुपमा विकास गरिएको छ ।

कालीगण्डकीको धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तीर्थस्थलका रुपमा विकास गर्न थालिएको उक्त परियोजनाअन्तर्गत हालसम्म रु चार करोडको पूर्वाधार निर्माण गरिएको परियोजना कार्यालयले जनाएको छ ।

शालग्राम पाइने एक मात्र नदी कालीगण्डकी किनारमा निर्माण थालिएको कृष्णगण्डकी परियोजनाले गण्डकी सभ्यता, शालग्राम संरक्षण र नदीको महत्व दर्शाउने लक्ष्य लिनाका साथै पवित्र तीर्थस्थलका रुपमा धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

कालीगण्डकी नदीलाई संस्कृति भाषामा कृष्ण गण्डकी भनिन्छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदीको सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि नदी किनारमा एक वर्षअघि मात्रै कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको थियो ।

सत्सङ्ग हल, कालीगण्डकी कटान नियन्त्रण र बस्ती संरक्षण, पैदल मार्गको ढुङ्गा छाप्ने, जग्गा व्यवस्थापन, तारजाली र पर्खाल लगाउने काम भइरहेको छ । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकीको प्रसारप्रचार र संरक्षणका लागि बृहत् कृष्णगण्डकी परियोजना निर्माणले तीव्रता पाएको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय अध्यक्ष परमेश्वर अच्युत दासले जानकारी दिनुभयो ।

“हाम्रो लक्ष्य बृहत् छ, गण्डकीको महिमा बुझाउन र यसको प्रवर्द्धन गरी पर्यटकीय गतिविधि बढाउन नदी किनारमै परियोजना सञ्चालनमा ल्याइएका छौँ । विदेशीहरुले गण्डकीको महिमा बुझिसकेको अवस्थामा हामी भने नदी दोहन गरिरहेका छौँ”, अध्यक्ष दासले भन्नुभयो ।

सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्रलाई तीर्थस्थलका रुपमा विकास गर्ने र यहाँ पाइने पवित्र शालग्रामको संरक्षण गर्ने स्कोनको उद्देश्य रहेको उहाँको भनाइ छ ।

नदी छेउमा व्यवस्थित स्नान कक्ष, घाट, सत्सङ्ग हल तथा कृष्ण मन्दिरको बृहत् कल्पनाका साथ एक वर्षअघि मात्रै बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको भन्दै हालसम्म रु चार करोडको संरचना तयार भइसकेका दासले बताउनुभयो ।

करिब १७ रोपनी जग्गामा सञ्चालित परियोजनाको निर्माणले गति लिइरहेको भन्दै परियोजनाको अगुवाइ स्कोनले गरिएको बागलुङ नगर कार्यालयले जनाएको छ । रु एक करोड ३५ लाख लागतमा कालीगण्डकीको कटान रोक्नका लागि बागलुङको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पूर्वाधार निर्माण भइरहेको छ ।

नदीको कटान रोक्न तथा स्नान गर्ने स्थल निर्माण गर्न गत आर्थिक वर्षमा रु ६५ लाख र चालु आवमा रु ७० लाख विनियोजन गरिएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगमी चार वर्षमा परियोजनाको आधारभूत काम सम्पन्न भइसक्नेछ ।

परियोजना सम्पन्न गर्न रु १७ करोड खर्च लाग्ने अनुमान गरिएको इञ्जिनियर पौडेलले बताउनुभयो । जीवनलाई खुसी बनाउने, योग ध्यान तथा तपस्या गर्नेदेखि घाटसम्म एउटै परियोजनाभित्र राखिएको उहाँको भनाइ छ ।

कालीगण्डकी दोहनको चपेटामा परिरहेको तथा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याई पूर्वाधार निर्माण थालिएको गौराङ्ग दासले बताउनुभयो । उहाँले पहिलोपटक कालीगण्डकीको महिमाको विषयमा ‘गण्डकी उत्सव’ कार्यक्रम गरिएको जनाउँदै यसको संरक्षण तथा प्रवर्द्धनका लागि स्कोन अगाडि बढिरहेको बताउनुभयो ।

परियोजनाले समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने तथा धार्मिक तीर्थस्थलको प्रमुख स्थानका रुपमा प्रचारप्रसार गर्नेगरी सञ्चालनमा ल्याइने स्कोनले जनाएको छ ।

अघिल्लो समाचार

मुक्त हरवाचरवामैत्री ‘बजेट पैरवी अभियान’

अर्को समाचार

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

सम्बन्धित खबर

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने
मनोरञ्जन

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
आवाज

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !
आर्थिक

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा
फिचर-ब्यानर

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने
फिचर-ब्यानर

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँः मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

१४ कात्तिक २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

जापानको मुद्रास्फीति १३ वर्षपछि दुई प्रतिशतको लक्ष्यमा

१४ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हेलोविनका दिन प्रदर्शन, हिंसा भड्किने आशङ्का

१४ कात्तिक २०८३,
एनआरएनका लागि सेयर बजार खुला !

एनआरएनका लागि सेयर बजार खुला !

१४ कात्तिक २०८३,
३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

३२ प्रजातिका गुराँस र रेडपाण्डाको बासस्थान जुरेढुङ्गा प्रचारप्रसारको पर्खाइमा

१४ कात्तिक २०८३,
कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

कोशी ब्यारेजको विकल्प तयार हुँदै, ४३ अर्ब लागतमा नयाँ पुल बनाइने

१४ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन