• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन

by
१७ चैत्र २०८०,
0
मिनभवनको ४ रोपनी बढी जग्गा कब्जा प्रकरणमा रियल स्टेट सञ्चालक कालु गुरुङको कनेक्सन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौंको मिनभवनमा ४ रोपनी भन्दा बढी व्यक्तिगत जग्गा भू–माफियाको कब्जामा पुगेको छ । स्थानीय गणेश अवालेको ४ रोपनी ८ आना ३ पैसा १ दामको जग्गा विभिन्न बहाना गरी भू–माफियाले कब्जा गरेका हुन् । अनि जग्गा कब्जा प्रकरणका मुख्य योजनाकार जग्गा रोड शो रियल स्टेट प्रा.ली.का सञ्चालक कालु गुरुङ रहेको खुलेको छ ।

कसरी पुग्यो करोडौंको व्यक्तिगत जग्गा भू–माफियाको कब्जामा ?

मिनभवन स्थित नेपाल कर्मश क्याम्पसको अगाडीको जग्गामा १० तले अपार्टमेन्ट अर्थात व्यवसायिक भवन बनाउने बहानामा दृष्टिबन्धक पास गर्ने भन्दै झुक्याएर आफ्नो नाममा पास गरेको पीडितको आरोप छ । पीडित अवालेको घरमा भाडामा बस्दै आएका नारायण बहादुर कार्कीले जग्गाधनीलाई झुक्याएर यस्तो काम गरेका हुन् ।

पीडितका अनुसार ३४३ नं. कित्ताको ३ रोपनी ८ आना ३ पैसा १ दाम क्षेत्रफलको जग्गामा व्यवसायिक भवन बनाएर पैसा आर्जन गर्ने प्रलोभन देखाएर पीडित अवालेलाई कार्कीले फसाएका थिए । सोही प्रलोभनमा परी जग्गाधनी अवाले र नारायण बहादुर कार्कीले सम्झौता गरेका थिए । २०६१ चैत १९ गते हस्ताक्षरित उक्त सम्झौतामा मनोजकुमार मिश्र र पीडतका जेठा छोरा प्रकाश अवाले साक्षी थिए ।

सम्झौता बमोजिम २०६२ फागुन २ गते दृष्टिबन्धक पास गर्ते भन्दै पीडक पक्ष आएको थियो । त्यो समयमा कार्की पक्षले दृष्टिबन्धकका नाममा झुक्काएर राजीनामा पास गरिएको पीडिति अवालेको आरोप छ । घरधनी गणेश अवालेको घरमा बस्दै आएका नारायण बहादुर कार्कीले यसअघि अहल्या श्रेष्ठ नामक महिलाको प्रयोग गरी १ रोपनी जग्गा हत्याईसकेका थिए ।

२०५४ सालमा कार्कीले अहल्या श्रेष्ठको नाममा घर बनाउने मौखिक सम्झौता भएपछि १ रोपनी जग्गा बकसपत्र गरी ल्याएका थिए । पछि फिर्ता गर्ने सर्तमा १० लाख रुपैयाँमा उक्त जग्गा बकसपत्र गरी अहल्याको नाममा ल्याईएको थियो । तर, उक्त जग्गा फिर्ता गर्नुको सट्टा विभिन्न बहानामा झुक्काई लालपुर्जा चोरी गर्ने काम भईरहेको पीडितको आरोप छ ।

अहल्याको नाममा बकसपत्र भएको ३४१ नं. कित्ताको जग्गालाई कित्ताकाट गरी ३४२ र ३ सय ४३ बनाईएको भेटिएको छ । पछि सोही ३ सय ४२ कित्ताको जग्गा दोस्रो पटक कित्ताकाट गरी ३६७ र ३६८ बनाईएको थियो । त्यसपछि ३६७ नं. कित्ताको जग्गा २०५७ सालमा माथवर सिंह बस्नेतलाई र ३६८ नं. कित्ताको ८ आना जग्गा प्रविर समशेर जबरालाई राजिनामा पास गरेको देखिएको छ । माथवर सिंह बस्नेतलाई पास गरिएको उक्त जग्गा पुनः प्रविर समशेरलाई नै राजिनामा पास गरेको देखिएको छ । यसरी हेर्दा अहल्या श्रेष्ठ र माथवर सिंह बस्नेतहुँदै उक्त जग्गा प्रविर समशेरको नाममा पास गर्ने योजना पहिले देखि नै रहेको पाईएको छ ।

प्रविर समशेरका नाममा पास भएर मात्रै जग्गाको कारोबार रोकिदैन् । त्यसपछि प्रविर समशेरले आफ्नो चिनजानको व्यक्ति मनोज कुमार मिश्र सञ्चालक रहेको प्रमा डेभलपर्स प्रा.ली.को नाममा कुमारी बैंकबाट ३ करोड बढी रकम झिकेको देखिएको छ । रकम निकालेको केही समयपछि मनोज कुमार मिश्रले दबाव दिँदै कुमारी बैंकलाई लिलाम गर्नका लागि उक्साएको देखिएको छ ।

जग्गा लिलाम भएपछि रामकृष्ण हुमागाईंले उक्त जग्गा सकारेका थिए । कुमारी बैंकको पैसा तिरेपछि हुमागाईले उक्त जग्गा रोड शो रियल स्टेट प्रा.ली.का सञ्चालक कालु गुरुङलाई बिक्री गरेको देखिएको छ । जग्गा आफ्नो नाममा गर्दा वित्तिकै तत्कालिन समयको नेपाल बंगलादेश बैंक अर्थात नविल बैंकमा धिलो राखी १३ करोड ७८ लाख २५ हजार रुपैयाँ निकालेका थिए । कालु गुरुङले पनि उक्त जग्गा बिक्री गरी सकेको पाईएको छ ।

यसरी योजनाबद्ध रुपमा स्थानीइलाई झुक्याएर जग्गा हत्याएको देखिएको छ । एकजना मात्रै नभएर जग्गा हत्याउनका लागि गिरोह नै सक्रिए भएपछि पीडित गणेश अवाले न्यायालयको ढोका ढकढकाई रहेका छन् । पहुँच र पावरका भरमा न्यायालयलाई समेत प्रभावमा पारेका गिरोहका कारण पीडित अवालेले करोडौ पर्ने आफ्नो जग्गा फिर्ता पाउन सकेका छैनन् ।

साढे ७ वर्ष अघिको त्यो घटना…
२०७३ साल असारमा गणेशलाल अवारको परिवार घर भित्रै भएको समयमा बाहिराट एकाएक घरमाथि डोजर चलेको थियो । भित्र रहेका ८ महिने बच्चा र आमा झण्डै घर भित्रै पुरिएका थिए । केहिबेरमा उनिहरुलाई निकालेर घरमाथि डोजर चलाई हेर्द हेर्दै घरलाई भग्नावशेषमा परिणत गरिएको थियो । त्यस समयमा घर र जग्गाको विषयमा अदालतमा २१ वटा मुद्दा विचाराधीन हुँदा हुँदै गुण्डागर्दी शैलीमा घरमाथि डोजर चलेको थियो ।

Previous Post

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

Next Post

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

सम्बन्धित खबर

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

इन्धनको मूल्य बढेसँगै अमेरिकी मुद्रास्फीति उच्च

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In