• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विकास पुगेका गाउँमा पनि छैनन् युवा

by
१२ चैत्र २०८०,
0
विकास पुगेका गाउँमा पनि छैनन् युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलेश्वर (म्याग्दी) । चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन । गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो । गाउँकै मुनि पायक परेको धानखेत । माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ ।

डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुईरतीन दिन पैदलयात्रा गर्नुपथ्र्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपथ्र्यो ।

अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् । ‘डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनानै गरेका थिएनौँ,’ धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, ‘हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर यो मर्ने बेलामा हरियो काँक्रो जस्तो मात्र भयो ।’

गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ । अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन् । तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन । गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताए ।

गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उहाँको अनुभव छ । ‘सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन । डेढदशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ ।

सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन्’, वडासदस्य बुढाले भने, ‘तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन ।’ यस्तो अवस्था मुना गाउँको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसङख्या रहेको म्याग्दीमा साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।

विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन् । मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरु अवैध बाटो भएर अमेरिका पुगेका छन् । सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘अत्यन्तै उत्प्रेरित’

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘अत्यन्तै उत्प्रेरित’

क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘अत्यन्तै उत्प्रेरित’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In