• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साउदीमा ‘गैरकानुनी’ बनेका हजारौँ नेपालीले पाए स्वदेश फर्कने अनुमति

by
५ चैत्र २०८०,
0
साउदीको कम्पनीले पाँच वर्षपछि ५७१ नेपाली श्रमिकलाई बोलायो पारिश्रमिक लिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा ‘आवश्यक कागजातविनै’ विभिन्न कम्पनीहरूमा कार्यरत ठूलो सङ्ख्यामा रहेका नेपालीहरूले त्यहाँस्थित दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाएको अधिकारीहरूले बताएका छन्।

विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्नका लागि आवश्यक पहल गरेको उनीहरूको भनाइ छ।

सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्।

यो वर्ष (सन् २०२४) को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बताइएको छ।

साउदी अरबका लागि एकजना पूर्व नेपाली राजदूतले उक्त देशमा चार/पाँच तरिकाले कामदारहरू ‘आवश्यक कागजपत्रविहीन’ हुने गरेको आफ्नो कार्यकालमा पाएको बताए।

त्यस्तो प्रवृत्तिको न्यूनीकरणका लागि त्यहाँस्थित नेपाली दूतावास र सरकारले आवश्यक कदम चाल्नुपर्ने विज्ञहरू बताउँछन्।

कतिले पाए ‘एक्जिट’ भिसा?

रियादस्थित नेपाली दूतावासका प्रथम सचिव एवं सूचना अधिकारी टोपनारायण गिरीले उपलब्ध गराएको विवरणअनुसार गत वर्ष २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका छन्।

“कागजातविहीन बनेको भनेर उहाँहरूले दूतावासमा निवेदन दिएपछि हामीले सम्बन्धित निकायमा पहल गर्‍यौँ र उहाँहरूले भिसा पाउनु भयो,” उनले भने।

त्यस्तै यस वर्षको पहिलो साढे दुई महिना (ज्यानुअरीयता) मा कुल ८८६ जना नेपाली नागरिकले उक्त मुस्लिम देशबाट बाहिरिनका लागि भिसा पाएका छन्।

उनका अनुसार साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएकाले यस्तो निवेदन दिनेको सङ्ख्या बढ्दै जानसक्ने देखिन्छ।

गैरकानुनी बन्ने कारण के हुन्?
गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ।

“यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहेछन्,” गिरीले भने।

गत वर्ष त्यस्तो अनुमति नवीकरण नभएका १ हजार ६ सय ५८ जनाले एक्जिट भिसा लिएका छन्।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा रोजगारदाताहरूले आफ्ना कामदारलाई उनीहरूको कार्यस्थल रहेको क्षेत्रमा विना अवरोध आवतजावतका लागि आवास अनुमति लिनै पर्ने उल्लेख छ।

त्यसमा भनिएको छ, “आवास अनुमतिको मिति सकिनुभन्दा तीन दिन अघि नै त्यसको नवीकरण गर्नैपर्छ। पहिलो पटक त्यस्तो नवीकरण उल्लङ्घन गर्नेले लाग्ने शुल्क बराबरकै जरिवाना तिरेर नवीकरण गराउन पाउँछन्।”

“दोस्रो पटक नवीकरण उल्लङ्घन भए जरिवाना दोबर हुनेछ। यदि कसैले तेस्रो पटक त्यस्तो उल्लङ्घन गरे उनीहरूलाई देश निकाला गरिनेछ।”

नेपालीहरू गैरकानुनी बन्ने अर्को कारण नेपालबाट काम गर्न गएको कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न जानु देखिएको छ।

उनीहरूले भागेर कम्पनी छाडेका हुनाले कागजातविहीन भएका हुन्। गत वर्ष त्यस्ता ४३५ जना नेपाली कामदारले एक्जिट भिसा लिएका छन्।

साउदी अरबका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डे त्यहाँ नेपालीहरू गैरकानुनी बन्ने विभिन्न कारणहरू रहेको बताउँछन्।

उनी भन्छन्, “नेपालबाट जाने बेलामा भनिएको र तोकिएको सेवासुविधा नपाउँदा कम्पनी छाडेर भाग्ने चलन छ। त्यसले उनीहरूलाई कागजातविहीन बनाउँछ।”

“त्यस्तै एउटामा भन्दा अर्कोमा राम्रो काम पाइन्छ भन्ने लोभले पनि कतिपय भाग्ने गर्छन् अनि त्यहाँ केही गिरोह पनि सक्रिय छन् तिनले कामदारहरूलाई लोभ देखाएर भगाउँछन् र उनीहरूलाई गैरकानुनी बनाइदिन्छन्।”

आवास अनुमति नवीकरणको जिम्मा रोजगारदाताको भए पनि त्यसो नगरिदिँदा पनि धेरै नेपाली गैरकानुनी बन्ने उनी बताउँछन्।

न्यूनीकरणका लागि के गर्ने?

पूर्वराजदूत पाण्डे साउदी अरबमा गैरकानुनी रूपमा बस्नु भनेको सबैखाले सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउने बताउँछन्।

“गैरकानुनी कामदार दुर्घटनामा पर्दा उपचार समेत नपाउने अवस्था बन्नसक्छ। बिमालगायतको सुविधा त पाउने कुरै भएन। त्यसैले हामीले नेपालीहरूलाई गैरकानुनी नबन्न प्रेरित गर्नुपर्छ,” उनले भने।

“त्यसका लागि दूतावास सक्रिय भएर नियमित रूपमा उनीहरूलाई विभिन्न माध्यमबाट जानकारी दिनुपर्‍यो। त्यहाँस्थित नेपालीहरूका संस्थाहरूलाई पनि सक्रिय बनाउनु पर्‍यो।”

दूतावासका प्रथम सचिव गिरीले चाहिँ दूतावासले नियमित रूपमा कामदारहरूलाई सूचना प्रवाह गरिरहेको बताए।

उनले भने, “हामीले त उहाँहरूलाई कुनै कम्पनीले शोषण गर्‍यो भने पनि कानुनी बाटो अपनाउनुस् नभाग्नुस् भनेका छौँ। भागेर गैरकानुनी भएपछि धेरै समस्या पर्छ।”

एक महिनाअघि नेपाली कामदारले भोगेका समस्याबारे नेपाली राजदूत नवराज सुवेदीले साउदी अरेबियाका महान्यायाधिवक्तालाई भेटेरै जानकारी गराएको पनि उनले स्मरण गरे।

उनका अनुसार त्यस बेला पनि साउदी पक्षले नेपाली कामदारले भोगेका समस्याहरूलाई समाधान गर्न द्विपक्षीय छलफल जारी राख्ने र निरन्तर संवाद गर्ने प्रतिबद्धता जनाएको थियो।

साउदीमा नेपाली कामदार

पछिल्लो समय साउदी अरब, मलेशिया र कतारपछि सबैभन्दा धेरै नेपाली कामदारहरू गइरहेको देश रहेको सरकारी विवरणहरूले देखाउँछन्।

चालू आर्थिक वर्षमा पनि त्यस्तै अवस्था देखिएको श्रमसम्बद्ध अधिकारीले बताएका छन्।

गत साउनदेखि फागुन अन्तिमसम्ममा नेपालबाट साउदी अरेबिया जानका लागि ९१ हजार जनाभन्दा बढीले श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको विवरणमा उल्लेख छ।

साउदी अरबस्थित नेपाली दूतावासका अनुमानमा उक्त देशमा १० हजार जनाभन्दा बढी नेपालीहरू गैरकानुनी रूपमा कार्यरत रहेका छन्।

तर दूतावासको सम्पर्कमा नआएकाहरू पनि कैयौँको सङ्ख्यामा रहेको हुनसक्ने अनुमान गरिएको छ।

एक्जिट भिसा पाउने कसरी फर्कन्छन्?

गिरीले दिएको जानकारी अनुसार त्यहाँस्थित नेपाली दूतावासले विभिन्न कारणबाट कागजातविहीन बनेका नेपालीहरूलाई एक्जिट भिसा दिनका लागि दूतावासले पहल गर्ने गर्छ।

तर उनीहरूले नेपाल आउने हवाई खर्चलगायतको व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ।

नेपाली दूतावासले साउदी निकायहरूलाई अनुरोध गर्दैमा उनीहरूले एक्जिट भिसा पाइहाल्छन् भन्ने अवस्था पनि रहँदैन।

यद्यपि एक्जिट भिसा पाएका कतिपयलाई कम्पनीहरूले नै टिकट काटेर नेपाल पठाइदिने समेत गरेका छन्।

यद्यपि विभिन्न आरोपहरू लागेर कानुनी प्रक्रियामा रहेका वा जेलमा रहेकाहरूले एक्जिट भिसाका लागि आवेदन दिन पाउँदैनन्।

रियादस्थित नेपाली राजदूतावासका अनुसार हाल साउदी अरबका विभिन्न जेलहरूमा ६०० जना जति नेपालीहरू रहेका छन्।

गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए।

बीबीसी

Previous Post

किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

Next Post

पूर्वसभामुख महरालाई यति एअरलाइन्समार्फत काठमाडौं ल्याइयो

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
भेपमा सुन तस्करी प्रकरणमा सिआईवीले लियो महराको वयान

पूर्वसभामुख महरालाई यति एअरलाइन्समार्फत काठमाडौं ल्याइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In