• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

    पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

    चार विधेयक प्रमाणीकरण

    चार विधेयक प्रमाणीकरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

by
३ चैत्र २०८०,
0
भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंस्थित भारतीय राजदूतावासले २०८० चैत्र २ गते दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । उक्त कार्यक्रममा करिब २०० जना विद्यार्थीले उत्साहजनक रुपमा सहभागीता जनाएका थिए ।

कार्यक्रममा धरानस्थित वी।पी।कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा.भोला थापा, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्य प्रसाद रेग्मी, विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. शैलेषमणि पोखरेल र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव उपस्थित हुनुहुन्थ्यो । नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न प्रतिष्ठित विद्यालयका डिन, रजिष्ट्रार र प्रधानाध्यापकको पनि कार्यक्रममा उपस्थिति थियो ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गर्नुभयो । मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गर्नुभयो । वहाँले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने अवसरहरु बारे बताउँदै विद्यार्थीहरुलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गर्नुभयो ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या २०० पुगेको छ । यस छात्रवृत्ति योजना अन्तर्गत MBBS/BDS अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु. ४०००, BE अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु. ४००० र अन्य undergraduate कोर्ष जस्तैं BA, BEd, B.Pharmacy, BSc Agriculture, BBA, BBM, र BBS अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना नेरु. ३००० प्राप्त गर्दछन् ।

यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरु नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

नेपाल र भारतका विश्वविद्यालयमा undergraduate तथा graduate तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ । सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् ।

निकट एवम् मैत्री छिमेक सम्बन्ध रहेको भारत र नेपालबीच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ । यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्घि कार्यक्रमले नेपालको मानव संसाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको छ ।

Previous Post

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

Next Post

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

सम्बन्धित खबर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने
फिचर-ब्यानर

राहदानी विभाग अगाडिको घटनामा घाइते गणेश नेपालीको उपचार खर्च सरकारले व्यहोर्ने

२६ असार २०८३,
फिचर-ब्यानर

पाँच प्रदेशमा पानी पर्ने क्रम जारी, काठमाडौँमा भारी वर्षाको सम्भावना

२६ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार २६ गते शुक्रबारको राशिफल

२६ असार २०८३,
चार विधेयक प्रमाणीकरण
आवाज

चार विधेयक प्रमाणीकरण

२६ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
Load More
Next Post
महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In