घरपालुवा होस् वा छाडा बिरालो, यदि यसले कोतरेको छ भने होस् पु¥याई हाल्नुस् । कोतरेको छाला सुन्निएको, गाँठो परेको वा फोका उठेको छ भने यो खतराको संकेत हुनसक्छ । तसर्थ तुरुन्त अस्पताल गएर उपचार गराइहाल्नुस् । तर यदि कोतरेको भागमा हल्का कोरिएको मात्र भएमा एन्टिसेप्टिकबाट सफा गरिहाल्नु पर्ने हुन्छ ।
जनावरबहरुबाट विभिन्न रोगहरु मान्छेमा सर्ने हुनाले कतिपय रोगहरु मान्छेमा सर्ने हुनाले कतिपय समयमा एन्टिबायोटिक्सको सेवन पनि गर्नुपर्ने हुनसक्छ । तसर्थ आफूलाई शंका लागेको छ भने डाक्टरलाई जँचाइहाल्नु पर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













