हिन्दुधर्म शास्त्रका विभिन्न धर्मग्रन्थ, वास्तुशास्त्र तथा ज्योतिषशास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईंको खानपान, हिँडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् । तपाईं कुनै काम गर्दै हुनुन्छ भने बार र राशीअनुसार काम गर्दा तपाईंलाई फाइदा मिल्छ ।
कन्याः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि भएका व्यक्तिहरूको सौभाग्यशाली रङहरू हरियो, पहेँलो र सेतो हुन । यस राशि भएकाहरुले बस्त्र धारण गर्दा कुनै एक कपडा हरियो वा पहेँलो वा सेतो मिसाउनु शुभ मानिन्छ । यदि लगाएको वस्त्र नमिलेमा हरियो रूमाल खल्तिमा राख्नाले पनि मानसिक शान्ति मिल्नुका साथै शुभ फल प्राप्त हुन्छ ।
कन्या राशिकाका स्वामी बुध भएकाले बुधवारको दिनलाई सौभाग्यशाली दिनको रूपमा लिइन्छ । कन्या राशिका व्यक्तिलाई शनिबार र शुक्रबार शुभ बार हुन् भने मङ्गलबार अशुभ बार मानिन्छ । धनु राशिको चन्द्रमा परेको दिन महत्वपूर्ण कार्य गर्नु हुँदैन ।











