दैनिक १०–१५ मिनेट बेस्सरी हाँस्नाले ५० क्यालोरी घट्ने विभिन्न अध्ययनहरुले देखाइसकेका कुरा हुन् । तपाईंलाई लाग्दो हो जाबो ५० क्यालोरी ! यति घट्नु भनेको साह्रै कम हो तर यस कुरालाई बेवास्ता गर्दा हरेक दिन ५० क्यालोरी तौल थपिँदै जाँदा १ वर्षमा ४ पाउण्ड तौल बढ्ने गर्दछ ।
यस हिसाबले हेर्दा हाँस्नेजस्तो सरल व्यायामले पनि १ वर्षमा ४ पाउण्ड तौल घटाउने अथवा कम हुने स्पष्ट देखिन्छ । त्यसैगरी खर्बुजाको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित राख्नुको साथै शरीरको तौल घटाउन समेत सघाउँछ । खर्बुजामा पाइने आर्जेनिन एमिनो एसिडको कारण यसो भएको मानिन्छ । अब के गरेर शरीरको तौल ठिक ठाउँमा राख्ने भन्नेतिर लाग्ने कि यतिकै व्यवस्ता गरेर बढाइरहने त्यो चाहिँ तपाईंहरुको विचार ।











