• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुल्मीका कृषक कफीखेतीमा आकर्षित

by
२७ फाल्गुन २०८०,
0
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी– गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।

यहाँका कृषकको रोजाइ यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न उत्प्रेरित गरेको हो । परियोजनाले कृषकलाई कफीको उत्पादन र महत्वबारे जानकारी गराउँदै खेतीका लागि अनुदान उपलब्ध गराउन सुरु गरेपछि कृषक कफीखेतीमा आकर्षित बनेका हुन् ।

परम्परागत खेतीबाट बाँदर, बँदेल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आइरहेका अवस्थामा कफीखेती कृषकको लागि अन्य बाली उत्पादनको तुलनामा थप सजिलो बनेको छ ।

सिर्सेनीका कृषकले समूहमार्फत गाउँमा तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन् । तीन वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक घरधुरीले व्यावसायिकरूपमा कफीखेतीको सुरुआत गरेका हुन् । प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन् । तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन् ।

सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने कृषकमध्येमा पर्छन्। उनको बारी यतिबेला दुई हजारभन्दा कफीका बोटले ढपक्कै ढाकेको छ । चाँडै हुर्किएका बोटले उत्पादन दिन सुरु गरेका उनले बताए।

‘विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेका छन्’, अर्यालले भने, ‘दश रोपनी जग्गामा सबै कफी लगाएको छु ।’ उनीजस्तै सोही गाउँका शशिधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या परे पनि अहिले कफीखेतीले आशा जगाएको बताए।

परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयकातर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजालीलगायतमा अनुदान उपलब्ध गराउँदै आइएको बताए। साथै गाउँमा कफी पाठशाला सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिने गरिएको उनले जानकारी दिए।

जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी र डढुवा सङ्कण्मका कारण कफीका बोटमा क्षति पुग्ने गरेको कृषकले गुनासो गर्दै आएका छन् । समयमै यस्ता समस्याको समाधान गर्नसकेमा जिल्लामा व्यावसायिकरूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा उल्लेखनीयरूपमा वृद्धि हुने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए।

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७९(८० मा ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । सोअन्तर्गत आठ टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ ।

पछिल्लो समयमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्रलगायत कार्यालयका साथै स्थानीय तहले जिल्लामा रहेका कृषकलाई कफीखेतीमा लाग्न प्रेरित गर्दै आइरहेका छन् ।

Previous Post

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ

Next Post

भोजपुरको सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

सम्बन्धित खबर

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान
आर्थिक

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

११ जेष्ठ २०८३,
डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
Load More
Next Post
भोजपुरको सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

भोजपुरको सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In