१. भगवान्का लागि नै जगतका सम्पूर्ण कार्य गरौँ । भगवानका लागि संसारलाई त्याग्नु परे पनि कुनै आपत्ति छैन तर संसारका लागि भगवानलाई त्याग्नु वा बिर्सनु हुँदैन ।
२. जसको दृष्टि आत्मातर्फ हुन्छ, ऊ न कसैसँग घृणा गर्छ न त द्वेष ।
३. श्रीमद्भगवद्गीताको प्रादुर्भाव ईसाभन्दा ३१ सय वर्षपूर्व महाभारत युद्धकालमा भएको थियो ।
४. आफ्नो अन्तिम कालमा बौद्ध विद्वान्हरुले मथुरा आदि स्थानहरुमा कैयौँ बौद्ध ग्रन्थहरुको संस्कृतमा अनुवाद गराए वैदिक साहित्यमा मिलाउने चेष्टा गरेका थिए ।
५. पाश्चात्य दर्शन तर्क प्रधान हुनाले बुद्धिनिष्ठ छ । हिन्दू दर्शनले आफ्नो व्यावहारिकताले गर्दा सबै वर्गका व्यक्तिहलाई आफूतिर आकृष्ट गरिरहेको छ ।
६. भक्ति नै तत्वसाक्षात्कारको साधन हो । जो भक्ति गर्दछ उसलाई अवश्य हरिको दर्शन हुन्छ । अतः भक्त सर्वश्रेष्ठ हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













