एक जना कवि सरासर मञ्चमा गएर श्रोतालाई अभिवादन नगरिकनै कविता पढ्न लागे । उनले न अगाडि हेरे, न पछाडि नै, न दायाँ न बायाँ, न तल न माथि । उनी कविता वाचन गर्दै गए, गर्दै गए यति गरेको श्रोताहरु कतिपय निदाइसक्दा पनि रोक्ने छाँटकाँदै देखाउँदैनन् । अन्ततः श्रोताहरुले सहन गर्न सकेनन् । एक जना श्रोताले प्याच्चै भनिहाले— के तपाईं अघिल्लो जन्ममा कुनै ट्रक ड्राइभर हुनुहुन्थ्यो, जो रोक्ने नामै लिँदैन ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













