• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम सडक रातिमा बन्द

    बेनी–जोमसोम सडक रातिमा बन्द

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, दश जडीबुटी प्रवर्द्धन गर्न सकिने

by
२१ फाल्गुन २०८०,
0
चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, दश जडीबुटी प्रवर्द्धन गर्न सकिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको छ ।

नगरपालिकाले सामुदायिक वनमा रहेका आयुर्वेदिक प्रजातिका सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो ।

यसका लागि नगरपालिकाले पहिलो पटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्न समेत गराएको छ । चन्द्रागिरिले सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ आधारमा विज्ञ टोलीमार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्रका औषधिय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको हो ।

चन्द्रागिरिका १५ सामुदायिक वनमध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ सामुदायिक वन सो सर्वेक्षणमा समेटिएका थिए । सो विज्ञसहितको टोलीले मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचौक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन गरेको थियो ।

ती वन क्षेत्रका सातसय १३ हेक्टरमध्ये एक सयदेखि एकसय ५० हेक्टरमा एकसय प्रकारका जडीबुटी भएको पाइएको थियो । ती जमिनमा पाइएका जडीबुटीमध्ये ६० प्रकारका जडीबुटी प्रमाणित भएका थिए । प्रमाणितमध्ये विभिन्न दश प्रकारका जडीबुटीलाई व्यवसायिक औषधिका रुपमा प्रवद्र्धन गर्न सकिने र पाँच प्रकारका जडीबुटी ९चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे० लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ ।

ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटी वार्षिकरुपमा रु ३५ लाख बराबर अर्थात् ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औल्याएको छ ।
यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण ग¥यो । सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडीबुटीहरुको संरक्षण, सम्वद्र्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै अगामी दिनमा मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आय आर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।

मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण अचार्यले पहिलो पटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको ढोका खुला गरेको जानकारी दिए । उनले भने “औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना तथा औषधि उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ । ”

अध्ययन टोलीमा वन तथा वातावरण विज्ञ डा नवीनराज जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए । टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोतहरु स्थानीय, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने, स्थानीय स्तरमा जडीबुटीको खेती, दीगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर, जडीवुटीका प्रजातिको व्यवस्थापन, खेती, दीगो व्यवस्थापनको सम्भावना औल्याएको छ । यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्र्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ ।

Previous Post

दीपकराज गिरीको टिप्पणीः राजनीतिमा भ्याकुता र सर्पको पनि बिहे हुन सक्छ !

Next Post

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैनः लिङ्देन

सम्बन्धित खबर

बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार

बेनी–जोमसोम सडक रातिमा बन्द

२० साउन २०८३,
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
फिचर-ब्यानर

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

२० साउन २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२० साउन २०८३,
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
समाचार

अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत

२० साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२० साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२० साउन २०८३,
Load More
Next Post
नेतृत्व लिँदा लेनदेनको कुनै सहमति भएको छैनः लिङ्देन

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैनः लिङ्देन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In