• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

by
२१ फाल्गुन २०८०,
0
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ ।

त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र हेर्न पाउँछन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । दर्शकले त्यस्ता चलचित्रलाई रोजेका छन् । यसले नेपाली निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पु¥याइरहेको छ ।

यो सम्पूर्ण प्रविधिको सहायताले सम्भव भएको हो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल) मै प्रदर्शन हुँदा दर्शकको आकर्षण झनै बढेको छ । दर्शकले विदेशी चलचित्र झैँ गुणस्तरीय रुपमा चलचित्र हेर्न पाएपछि अहिले नेपाल झैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ ।

अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो ।

अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए। “डिजिटल सिनेमा इनिसेटिभ ९डिसिआइ० ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । हामीले महापुरुष, छक्का पञ्जा ४ र जारीजस्ता चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन ग¥यौँ । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पु¥याउने झन्झट पनि हटायो”, उनले भने ।

उक्त प्रविधि नहुँदा निर्माता, निर्देशक स्वयम् चलचित्र बोकेर त्यहाँ प्रदर्शनका लागि पुग्नुपथ्र्यो । त्यसमा जोखिम अधिक थियो । तर, अहिले नेपालमै फाइल राखेर विश्वभर चलचित्र प्रदर्शन हुने गरेका छन् । निर्मातासँगै कलाकारसमेत रहेका भएका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगत रूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उनी निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो ।

खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए। “नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिनेछ”, निर्माता बानियाँले भने।

उनले पहिलो चलचित्रदेखि विदेशी बजारलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेका छन । पछिल्लो चलचित्र ‘महाजात्रा’ सम्म आइपुग्दा उनी स्थापितसँगै नयाँ बजार पनि खोज्नु प्रयासरत छन। “अहिले चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार देखिएको छ । अन्य देशमा पनि प्रदर्शन हुन्छन्, तर हामीले नयाँ बजार खोज्न वितरकसँग सहकार्य गरेर प्रयास गरिरहेका छौँ । त्यसले दीर्घकालीन रुपमा हामी सबैलाई फाइदा पु¥याउनुका साथै देशको कला, संस्कृतिलाई पनि विस्तार गर्छ”, उनले भने ।

अष्ट्रेलियामा नेपालीको बसोबास बढेसँगै चलचित्रसम्बन्धी गतिविधि बढेको हो । त्यसैले अहिले नेपाली चलचित्रकर्मी अष्ट्रेलिया लक्षित गतिविधिलाई बढाउने गरेका छन् । केही चलचित्रको छायाङ्कन नै त्यहीँ गर्ने घोषणा गरिएको छ भने केहीमा त्यहाँ रहेका प्रवासी नेपालीले लगानी गरेका छन् । यसका साथै नेपाली चाडपर्वमा गीत सङ्गीतसम्बन्धी कार्यक्रम पनि उत्तिकै हुने गरेको छ । यस्तै विविध कारणले त्यहाँ कलात्मक गतिविधि बढेको छ ।

केही वर्षदेखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा सक्रिय देखि नुभएका वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले व्यावसायिक रुपमा नेपाली चलचित्रको लागि आकर्षक बजार बनिरहेको जानकारी दिए। उनले भने“नेपालका केही चलचित्र छायाङ्कन नहुँदै यहाँ प्रदर्शन गर्ने अधिकार हामीले खरिद गरिसकेका हुन्छौँ । यो दर्शककै मागका कारण भएको हो । ती निर्माण समूहका पछिल्ला चलचित्रले यहाँ गरेको व्यापारका आधारमा विदेश प्रदर्शन अधिकार खरिद गर्ने गरेका छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ लगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने गरेको उनले जानकारी दिए। यद्यपि, चलचित्रको बजार बढेसँगै बलियो बनाउने चुनौतीसमेत रहेको छ । प्रवासी नेपालीले समय निकालेर चलचित्र भवन पुगेको चलचित्र मन नपर्दा त्यसको असर आउँदो केही चलचित्रलाई पर्ने गरेको छ । ‘रीमै’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिँदै उनले बजार विस्तारसँगै टिकाई राख्नु चुनौती रहेको बताए ।

यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ”, वितरक थापाले भने, “हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।”

नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहेका छन् । ओभर दी टप ९ओटिटी० मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यद्यपि, अहिले बढिरहेको प्रदर्शन सङ्ख्याले दर्शक टिकाई राख्न चुनौती समेत थपेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारले थेग्न नसक्ने गरी नै चलचित्रहरू प्रदर्शन भइरहेका छन् ।

अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गाल्नु भएका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने, “नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।”

पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ । नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्न सके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मदत गर्नेछ ।

Previous Post

टाटासुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु, एक घाइते

Next Post

एमाले आज सरकारमा जाने

सम्बन्धित खबर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१६ चैत्र २०८२,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
समाचार

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

१६ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१६ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
फिचर-ब्यानर

आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

१६ चैत्र २०८२,
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति
फिचर-ब्यानर

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

१६ चैत्र २०८२,
Load More
Next Post
एमाले आज सरकारमा जाने

एमाले आज सरकारमा जाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In