• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकले भरिन थाले बागलुङका ‘होमस्टे’

by
१९ फाल्गुन २०८०,
0
पर्यटकले भरिन थाले बागलुङका ‘होमस्टे’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास ९होम–स्टे० मा पर्यटक बढ्न थालेका छन्। दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए।

माघ दोस्रो सातादेखि पुनः घरबासमा पर्यटक आउन थालेका हुन्। बागलुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता विनानै सञ्चालनमा छन्।

जिल्लाको बागलुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ। कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन्। काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास सञ्चालनमा छन्।

पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका–३ बेलढुङ्गामा रहेको बेलढुङ्गा सामुदायिक घरबास पर्छन्।

भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुङ्गाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन्।

पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ।

बागलुङ नगरपालिका–१० भकुण्डेका घरबास सञ्चालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटक आउन थालेको बताए। आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुना केही दिन बस्ने उनको भनाइ छ।

भकुण्डेमा रहेको बराह ताल र भ्युटावरमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुने थापाले बताए। पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उनी सुनाउँछन्।

थापाका अनुसार महिनामा करिब पाँच सय पर्यटक घरबासमा बास बस्ने गरी आउने गरेका छन्। उनले भने, ुअहिले पर्यटक आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहारका बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आइरहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन्, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरिरहेका छौँ।ु

बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको सङ्ख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताए।

बाह्रैमहिना नियमित पर्यटक नआउँदा घरबास सञ्चालनमा समस्या भएको सुनाउँदै पर्यटकीय याम सुरु भएपछि घरबासमा सबै पाहुना आउने उनको भनाइ छ।

घरबासलाई पाहुनाको चाहना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउँछन्।

बेलढुङ्गामा महिनामा झण्डै एक हजार पाँच सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउने उनको भनाइ छ।

अतिथि सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताए। अन्य समयमा पनि निरन्तर पर्यटक आइराखेको भन्दै यहाँका घरबास सञ्चालकले लगानीसमेत गरिरहेको उनको भनाइ छ।

खासगरी बागलुङ बजारबाट धेरै पाहुना आउने हुँदा घरबास सञ्चालनमा समस्या नभएको थापा बताउँछन्। माघदेखि हालसम्म हजारौँ पाहुनालाई सेवा दिएको उहाँले बताए।

उपाध्यक्ष थापाले भने, ुपाहुना आउन थालेपछि लगानी गरिरहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरिरहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिँडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुङ्गुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छौँ, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाएर राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन।ु

Previous Post

अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैनः पुटिन

Next Post

अनिल कपूरको नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

सम्बन्धित खबर

भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
Load More
Next Post
अनिल कपूरको नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

अनिल कपूरको नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In