• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय संकटमा

by
१४ फाल्गुन २०८०,
0
जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय संकटमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् ।

प्रदेश सभासदस्य कृष्ण सिलवालले विकासका नाममा पर्यावरण र नदीको अस्तित्व सङ्कटमा पर्न नहुने बताए । उनले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने जानकारी दिए । नेपाल र्‍याफ्टिङ एसोसिएसनका अध्यक्ष शिव अधिकारीले प्रस्तावित जलविद्युत आयोजनाले नदी किनारका ८४ जलयात्रा व्यवसायसँग सम्बन्धित कम्पनी सङ्कटमा पर्ने जानकारी दिए । उनले भने, ‘होटल व्यवसाय, जलयात्रा र अन्य कम्पनीको गरी अर्बौं लगानी सङ्कटमा पर्छ । जलयात्रा पूर्णतया बन्द नै हुन्छ । तीन हजार पाँच सय पथप्रदर्शक र दश हजार मानिसको पेसा सङ्कटमा पर्छ । विकासको नाममा मजदुरको रोजीरोटी खोसिनु हुँदैन ।’

नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यति धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी सङ्कटमा पार्न नहुने बताए । उनले भने, ‘म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण छ ।’ कार्यक्रममा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी ९नारा०ले जथाभावी जलविद्युत आयोजना निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको जनाउँदै यसअघि विरोध गर्दै आएको थियो ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माण हुने १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको छ । । नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा जलयात्रा गर्न जाने व्यवसायीले जनाएका छन् । नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो । यसलाई मास्न खोजिएको जनाउँदै व्यवसायीले आपत्ति जनाएका हुन् ।

त्रिशूली सरकारले जलयात्राका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । जलयात्रा, रिसोर्टलगायतमा रु पाँच अर्ब लगानी छ । यसमध्ये ३० प्रतिशत त्रिशूली नदीभित्र छ । यहाँ जलविद्युत गृह बनाउँदा नदीको पानी सुकेर अर्बौं लगानी डुब्ने व्यवसायीको तर्क छ ।

Previous Post

राशिफल: तपार्ईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

चन्द्रमा पुग्ने होडबाजी,चन्द्रमामा पानी छ कि छैन ?

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
चन्द्रमा पुग्ने होडबाजी,चन्द्रमामा पानी छ कि छैन ?

चन्द्रमा पुग्ने होडबाजी,चन्द्रमामा पानी छ कि छैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In