• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

by
७ फाल्गुन २०८०,
0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की । पोखरावासीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममार्फत उनीहरुले सो माग गरेका हुन् । राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार सङ्घ कास्कीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा विभिन्न सरोकारवालाहरूले विमानस्थललाई पूर्ण क्षमताअनुरूप सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले नै अपारदर्शी ढङ्गबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको गुनासो गरे । चाइना कम्पनीसँग गोप्य ढङ्गले सम्झौता गरेर यो विमानस्थल बनाएको उल्लेख गर्दै उनले सरकारले धेरै कुरा जनताबाट लुकाएर निर्माण कार्य सम्पन्न गरेको दाबी गरे । उनले यहाँका स्थानीयवासीको ठुलो दबाबपछि विमानस्थल बने पनि पोखरावासीलाई कुनै जानकारी नदिई विमानस्थल निर्माण भएको भन्दै गुनासो पोखे ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थल निर्माण नभएको बताउँदै उनले टर्मिनल भवनमा कति यात्रु अटाउन सक्छन् भनी आफूहरूले सरकारसँग प्रश्न गरेको तर अहिलेसम्म त्यसको जवाफ पाइ नसकेको बताए । उनले भने, ‘टर्मिनल भवन यति सानो बनाएको छ कि त्यसलाई अन्तर्राष्ट्रिय टर्मिनल भवन भन्नै सकिँदैन । अन्तर्राष्ट्रिय विमानस्थल भनिएको छ तर त्यहाँ तेल भर्ने अवस्था छैन, कुनै जहाज बिग्रियो भने बनाउने अवस्था छैन, कार्गो छैन, रन वे अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन, अनि यसलाई कसरी अन्तर्राष्ट्रिय विमानस्थल भन्ने रु’ उनले अपुरो विमानस्थल छिटो छिटो हस्तान्तर गरेर नागरिक उड्डयन प्राधिकरणले गलत गरेको बताए ।

‘रन वे ढलान गरिएको छ, जुन सैनिक जहाज ओराल्नका लागि मात्र त्यस्तो गरिन्छ’ उनले भने । व्यावसायिक उडानका लागि सबै पिच नै हुने गरेको बताउँदै उनले ढलान गरेर रन वे बनाइएकाले त्यसमाथि शङ्का उब्जिएको बताए । उनले भने, ‘सुरक्षाको दृष्टिकोणले एकदमै शङ्का उब्जाएको छ ।’

पोखराका सामाजिक अभियन्ता कुमार रानाले पोखरा विमानस्थल सञ्चालनमा ढिलाइ भइरहेको बताउँदै यसलाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पोखरावासीले दबाब दिनुपर्ने बताए । ‘ऋण लिएर यो विमानस्थल बनाइएको छ, यदि यसलाई सफलतापूर्वक सञ्चालन गर्न नसकिए देश नै असफलतातिर जान सक्ने अवस्था आउन सक्छ’ उनले भने । उनले भने, ‘अहिलेको अवस्थामा जनतालाई गुमराहमा राख्नु हुँदैन, यसको यथार्थ जानकारीका लागि सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’

पोखराका वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले सरकारको कूटनीतिक कमजोरीका कारण पोखरा विमानस्थल यो अवस्थामा पुगेको बताए । बीआरआइ प्रोजेक्ट अन्तर्गत यो विमानस्थल बनेको होइन भन्ने कुरा राज्यले कूटनीति हिसाबले प्रस्ट पार्न नसकेको उनले गुनासो गरे । उनले भने, ‘हामी बैङ्कलाई ऋण तिरिरहेका कारण यो नेपालको विमानस्थल हो र यो नेपालले निर्माण गरेको हो, चीनले यसमा कुनै पनि दाबी गर्न हुँदैन ।’

विमानस्थल बीआरआइ प्रोजेक्टबाट बनेको हो भन्ने चीनले दाबी गरेपछि भारत यसबाट बिच्किएको बताउँदै उनले नेपालले यो बिआरआइबाट बनेको होइन भनेर भारतलाई प्रस्ट पार्नुपर्ने उनले बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पोखरेली जनताको विभिन्न दबाबका कारण यो विमानस्थल निर्माण सम्भव भएको बताइन् ।

सञ्चालनमा आएको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताउँदै उनले अन्तर्राष्ट्रिय उडानका लागि पोखरेलीले दबाब दिनुपर्ने बताइन् । ‘विभिन्न माध्यमबाट राज्यलाई दबाब दिइरहँदा पनि यो विभिन्न विवादमा मुछिएको छ, ठुलो लगानीमा निर्माण भएपछि त्यो अनुसार कार्य भएको छैन, यसमा राज्यले ध्यान दिनुपर्छ’ भण्डारीले भनिन् ।

Previous Post

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

Next Post

युरोपियन युनियन र नेपालले आपसी सम्बन्धको ५०औं वर्षगाँठ मनाउँदै

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
युरोपियन युनियन र नेपालले आपसी सम्बन्धको ५०औं वर्षगाँठ मनाउँदै

युरोपियन युनियन र नेपालले आपसी सम्बन्धको ५०औं वर्षगाँठ मनाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In