• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललिता निवासको करिब २ सय ८४ रोपनी जग्गा अब सरकारी

by
४ फाल्गुन २०८०,
0
ललिता निवास जग्गा प्रकरणः सात जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला दिएको छ ।

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा पाएपछि भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी ।

ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

Previous Post

इलाममा घरमै जन्मदर्ता

Next Post

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In